माझी बस्ती निर्माण गर्दा श्वेतालाई लाग्यो सवा करोड ऋण



सिन्धुपाल्चोक : सरकारी अनुदान समयमा नपाएपछि अभिनेतृ श्वेता खड्काको अगुवाईमा निर्माण भइरहेको सिन्धुपाल्चोकको एकीकृत माझी बस्ती ऋणमा डुबेको छ ।

बस्ती निर्माण रोकिएपछि आफ्नै घर धितो राखेर कामलाई तीब्रता दिए पनि निर्माण सामग्रीको पैसासमेत तिर्न नपाएपछि बस्ती ऋणमा डुबेको हो ।

श्वेताले आवास निर्माणका लागि घर धितो राखेर ३० लाख रुपैयाँ ऋण लिएकी थिइन् । भूकम्प पीडितले पाउने सहुलियत ऋण नपाएपछि सामग्री खरिदको ८२ लाख रुपैयाँ तिर्न बाँकी छ ।

श्वेताश्री फाउण्डेसनले निर्माण गरिरहेको यो बस्ती फाउण्डेशनको लगानीबाहेक १ करोड १२ लाख रुपैयाँ ऋणमा परेको हो । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्