स्वास्थ्य सेवा लिँदै एचआइभी सङ्क्रमित


सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जनाले एचआइभी सङ्क्रमित औषधि सेवा र नियमित स्वास्थ्यजाँच गराइरहेका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका तथ्याङ्क सहायक धर्मानन्द गिरीले सरकारले स्थापना गरेका ‘एआरटी’ सेवा केन्द्रबाट औषधि सेवन तथा स्वास्थ्यप्रति ख्याल राख्ने सङ्क्रमित बढ्दै गइरहेको जानकारी दिए ।

“सुदूरपश्चिमका नौ जिल्लामै एआरटी सेवा केन्द्रबाट हामीले विगतदेखि स्वास्थ्यसेवा दिइरहेका छौं”, तथ्याङ्क सहायक गिरीले भने, “यहाँ १६ वटा एआरटी सेवा केन्द्रबाट सङ्क्रमितलाई सुविधा दिइएको छ ।” निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलालीमा एक हजार ३४५ सङ्क्रमितले नियमित स्वास्थ्य सेवा लिइरहेका छन ।

त्यसैगरी अछाममा ६ सय ४२, डोटीमा ५ सय १५, कञ्चनपुरमा ३ सय ७, बैतडीमा १ सय ६, डडेल्धुरामा ९१, बझाङमा ६७, बाजुरामा ५५ र दार्चुलामा ३२ जना सङ्क्रमित नियमित सम्र्पकमा रहेर निःशुल्क स्वास्थ्य सेवा लिइरहेको गिरीले बताए । “प्रादेशिक अस्पतालदेखि अञ्चल, जिल्ला अस्पताल हुँदै केही जिल्लामा स्वास्थ्य केन्द्रसम्म एआरटी शाखा स्थापना गरेर सेवा दिइरहेका छौं”, उनले भने, “यहाँ औषधि, सबैखालको निःशुल्क जाँचदेखि आर्थिक अवस्था कमजोर भएकालाई आवतजावतका लागि गाडी भाडाको प्रवन्ध गरिएको छ ।”

त्यसैगरी गतवर्ष यहाँका जिल्लामा गर्भवती महिलाको स्वास्थ्य जाँचका क्रममा एचआइभी परीक्षण गर्दा अछाम, कञ्चनपुर र डडेल्धुरामा ६ महिलामा यसको सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालमा रहेको एआरटी शाखा प्रमुख नन्दराम भट्टले नियमित स्वास्थ्यप्रति ख्याल गर्ने सङ्क्रमित बढिरहेको बताए ।

“यसको सङ्क्रमण हुँदा मान्छे मरिहाल्छ भन्ने गलत अपवाह छ”, उनले भने, “औषधिको नियमित सेवा र स्वास्थ्यसेवा लिँदा केही पनि हुदैन ।” पछिल्लो समय सङ्क्रमित खुलेर स्वास्थ्य संस्थामा आएर सेवा लिइरहेको भट्टको भनाइ छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

काठमाडौंः वीरगञ्जमा सिनियर र जुनियर चिकित्सकहरुको समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालका चिकित्सकहरुलाई सेवामा आलोपालो गर्न आग्रह गरेको छ।

काठमाडौं– रुकुम पश्चिममा भएको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता गृहमन्त्री रामबहादुर थापाले व्यक्त

सिरहा : सिरहामा थप पाँच जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । योसहित सिरहामा अहिलेसम्म

रौतहट : मंगलबार रौतहटमा तीनजना बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं– सरकारको गलत सोच र निर्णयमाथि खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस एमसीसी सम्झौताको पक्षमा