भूकम्पपीडितकाे संयुक्त लालपुर्जा



रसुवा : भूकम्पका कारण जोखिममा परेका ७९ प्रतिशत प्रभावितले संयुक्त लालपुर्जा बनाएका छन् । घर बनाउन नयाँ स्थानमा घडेरी खरिद गरेका ती परिवारले संयुक्त लालपुर्जा बनाएका हुन् ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ, रसुवाका अनुसार जिल्लामा चार सय १६ परिवारका लागि सुरक्षित स्थानमा जग्गा खरिद गरिसकिएको छ ।

खरिद गरिएको जग्गामा तीन सय २९ परिवारका संयुक्त, ६० परिवारका पुरुष र २७ परिवारका महिलाको स्वामित्व छ । 

जिल्लाका उत्तरगया गाउँपालिकाका एक सय ८५, आमाछोदिङ्मोका ९४, नौकुण्डका ३४, कालिका र गोसाइँकुण्डका आठ÷आठ परिवारले संयुक्त पुर्जा बनाएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । 

उत्तरगयाका ६ सय ३२ मध्ये दुई सय १७, आमाछोदिङ्मोका दुई सय ११ मध्ये एक सय ३२, नौकुण्डका एक सय २६ मध्ये ४०, कालिकाका २६ मध्ये १४ र गोसाइँकुण्डका २० मध्ये १३ परिवारले जग्गा पाएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्