काठमाडौंमा सवारी आवागमन प्रभावित, वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह



काठमाडौं : आज तमु (गुरुङ) समुदायको महान सांस्कृतिक पर्व ल्होछारको मनाइँदै छ । सो अवसरमा बिहान नौ बजे देखि नै टुँडिखेलमा विभिन्न कार्यक्रमहरू आयोजना हुँदै छन् । यसमा सहभागी हुन आउनेको सङ्ख्या बिस्तारै बढ्न थालेको छ । जसले गर्दा सो क्षेत्रमा सवारी आवागमनमा कठिनाइ उत्पन्न हुन सुरु भएको छ । 

न्यूरोड गेट, शान्ति बाटिका, रत्नपार्क, भद्रकाली, शहिदगेट हुँदै चल्ने सवारी साधन प्रभावित हुने देखिएको हो । यो क्रम आज दिनभर रहने अनुमान ट्राफिक प्रहरीको छ । 

त्यसैले उल्लिखित मार्ग भएर चल्ने सवारी साधनहरूले वैकल्पिक मार्गको प्रयोग गर्नका लागी महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूचना जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्