रिमेकमार्फत यसरी उदाउँदैछन् पुरन



काठमाडाैं : नेपाली गीत संगीतमा आफ्नो कला र गलामार्फत दर्शक तथा श्रोताको मन जित्न सफल गायक पुरान मैनालीले हालै नयाँ गीति रिमेक युट्युबमार्फत सार्वजनिक गरेका छन् ।

सुमधुर स्वरका धनी मैनालीले केही वर्षदेखि यस क्षेत्रलाई आफ्नो कर्मथलोका रुपमा विकास गरेका छन् । यस क्षेत्रमा लाग्दाका समयमा धेरै ठक्कर र हण्डर खाएको बताउँछन्, गायक मैनाली ।

केही दिन अघि उनले अस्मिता गौतमसँग आफ्नो गीति रिमेक युट्युबमार्फत सार्वजनिक गरेका थिए । उक्त गीतलाई दर्शक श्रोताले धेरै नै मन पराएका थिए । त्यसमा विभिन्न चार वटा गीतलाई जोडेर बनाइएको थियो भने भिडियोमा गौतम र मैनालीलाई देख्न सकिन्छ ।

अघिलो रिमेक गीतिको सफलतापछि उनले भर्खरै नयाँ रिमेक गितलार्इ पनि दर्शकमाझ ल्याएका हुन् । उनले यस गीतलाई पनि दर्शकहरुले मन पराउने विश्वास लिएरका छन् ।
भिडियो :-

प्रतिक्रिया दिनुहोस्