काठमाडौंकाे न्यूनतम तापक्रम १ डिग्री सेल्सियस



काठमाडौं : काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्षको सबैभन्दा कम मापन भएको हाे ।  

बिहान पौने ६ बजेको न्यूनतम तापक्रम १ डिग्री मापन भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार यस वर्ष काठमाडौंको न्यूनतम तापक्रम शून्यमा झर्ने सम्भावना छ ।

आज काठमाडौंलगायत देशभरिनै मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्