१३ औं साग : तेक्वान्दोको पुम्सेमा आयशाले जितिन स्वर्ण



कठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा भारतलाई पराजीत गर्दै आयशा शाक्यले स्वर्ण पदक जितेकी छन् ।

३० वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन् ।

भारतकी खेलाडी दोस्रो हुँदा श्रीलंकाकी खेलाडी तेस्रो भएका छन् । श्रीलंकाले कास्य पदकमा चित्त बुझाएको छ ।

यससँगै अहिलेसम्म सागमा नेपालको ९ स्वर्ण जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्