सार्वजनिक कार्यक्रममा नै रोइन् आलिया, यस्तो छ कारण



बलिउड अभिनेत्री आलिया भट्ट सार्वजनिक कार्यक्रममा नै रोएकी छिन् । उनी मुम्बईमा आयोजित ‘वी द वुमन’ नामक कार्यक्रममा रोएकी हुन् ।

कार्यक्रमकाबीच भावुक भएकी आलियाले आफ्नो आँशु रोक्न सकिनन् । उनी आफ्नी दिदि शाहीन भट्टको पुस्तक ‘आई ह्याभ नेभर बीन अनह्याप्पिअर’ को विषयमा बोल्दा बोल्दै रोएकी हुन् । उनको दिदिको उक्त पुस्तक दिदिको डिप्रेशनको विषयमा लेखिएको छ ।

उनकी दिदि शाहीन १३ वर्षको उमेरमा डिप्रेशनको शिकार भएकी थिइन् ।

आलिया यसअघि पनि आफ्नी दिदिसँगको गहिरो प्रेमको बारेमा सामाजिक सञ्जालमा सार्वजनिक गरिरहन्छिन् । उनले उनकी दिदिको ३१ औँ जन्मदिनको अवसरमा पनि दिदिप्रतिको अगाध प्रेम दर्शाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्