बंगलादेशमा आज संसदीय निर्वाचन



एजेन्सी : बंगलादेशमा आज संसदीय निर्वाचन हुँदैछ । तीन सय सिटका लागि हुने प्रत्यक्ष निर्वाचनमा १० करोड मतदाताले ४० हजार १ सय ९९ मतदान केन्द्रमा मतदान गर्नेछन् ।  

निर्वाचनमा सत्तारुढ अवामि लिग र प्रतिपक्षी बंगलादेश नेशनलिष्ट पार्टीबीच मुख्य प्रतिस्पर्धा हुनेछ । निर्वाचनको सुरक्षाका लागि ६ लाख सुरक्षाकर्मी खटाईएको छ ।  

तीन सय ५० सदस्यीय संसदमा ३ सय सिटका लागी प्रत्यक्ष निर्वाचन हुने छ भने बाँकी ५० सिटमा महिला प्रतिनिधि मनोनित हुनेछन् ।   

मौन अवधि सुरु भएदेखी नै बंगलादेशमा ईन्टरनेट सेवा आज मध्यराति सम्मका लागि बन्द गरिएको छ । चुनाव अघि भएका प्रदर्शनका क्रममा ५ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय ८२ जना घाईते भएका छन् । 

प्रधानमन्त्री शेख हसिना र पूर्व प्रधानमन्त्री खालिदा जियाबीचको कडा टक्करका रुपमा यो निर्वाचनलाई लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्