सनी लियोनीले पोस्टर सेयर गर्दै लेखिन्, ‘म पूरै चमक–धमकका साथ आउँदैछु’



एजेन्सी : बलिउड अभिनेत्री सनी लियोनीले आफू पुनः बलिउडमा चमक–धमकका साथ आउने बताएकी छिन् । उनले सोमबार हरर रोमान्टिक फिल्म ‘रागिनी एमएमएस रिटन्र्स सीजन–२’ को पोस्टर सार्वजनिक गर्दै दुईगुना मज्जा र दुई गुना सजाय हुने बताएकी छिन् ।

उनले उक्त मज्जा दिन युवा सुपरस्टार दिव्या अग्रवाल र वरुण सूद पनि आउने जानकारी गराएकी छिन् ।

सनी लियोनीले लेखेकी छिन्, ‘डिसेम्बर १२ मा यो फिल्मको ट्रेलर रिलीज हुनेछ र तपाईं डिसेम्बर १८ मा देख्न सक्नुहुँनेछ । म अब फेरि एक पटक चमक–धमकसँगप आउँदै छु । के तपाईं अब डरलाग्दो अनुभव गर्नको लागि तयार हुनुहुन्छ ?’

‘रागिनी एमएमएस’ सफल फिल्ममध्ये एक हो । यसमा सनीको अभिनयको निकै तारिफ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्