यसकारण रोकिएको थियो सुमार्गीको रकम



काठमाडौं : उद्योगपति अजेयराज सुमार्गीले सन् २०१० देखि ‘ट्याक्स हेवन’ मुलुकबाट ल्याइरहेको रकम एकाएक नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर युवराज खतिवडा (हाल अर्थमन्त्री) को पालमा रोकिएको थियो ।

सुमार्गीले मुलुकमा भित्र्याएको १८ अर्ब रुपैयाँको स्रोत अन्तर्राष्ट्रिय समुदायले समेत खोज्न थालेपछि मात्र राष्ट्र बैंकले रकम रोक्का गरेको थियो । फ्रान्सको पेरिसस्थित फाइनान्सियल एक्सन टास्क फोर्सले यसमा चासो राखेपछि मात्र यसको स्रोतबारे खोजी भएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको इजलासले अहिले ७५ लाख अमेरिकी डलर (करिब ८५ करोड) फुकुवा गर्ने आदेश दिएको हो । गत वर्ष माघमा सर्वोच्चकै न्यायाधीश तेजबहादुर केसीले सुमार्गीको दुई अर्ब २५ करोड रुपैयाँ निकासाका लागि बाटो खोलिदिएका थिए।

खासमा त्यतिबेला सुमार्गीले ल्याउन लागेको रकम प्रत्यक्ष वैदेशिक लगानीभन्दा पनि ऋणका रूपमा आउन लागेका कारण रोकेको थियो । यसरी ऋणका रूपमा आउने रकम मुलुकका निम्ति भार हुन्छ भन्ने मान्यता राष्ट्र बैंकको तत्कालीन नेतृत्वले राखेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्