नगर विकासको जग्गा कब्जा गर्ने २० जनाविरुद्ध सार्वजनिक मुद्दा



कञ्चनपुर : महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रूपमा कब्जा गरी संरचना निर्माण गर्ने २० जनाविरुद्ध कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले सार्वजनिक मुद्दा दायर गरेको छ ।

कञ्चनपुर खोकाछाप्रा समितिका अध्यक्ष देवलसिंह विष्टलगायत २० जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको हो ।

प्रदेश सांसद, नेपाली कांग्रेस, नेकपा र तीनका विद्यार्थी संगठनले नगर विकास समितिको जमीनमा अवैध रूपमा निर्माण भइरहेका संरचना भत्काउन र निर्माणमा रोक लगाउनुपर्ने माग गर्दै गत साता जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई ज्ञापनपत्र बुझाएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले सरकारी जमिन हडपेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयको आदेशानुसार पक्राउ गरी मुद्दा चलाएको बताए ।

उनका अनुसार पक्राउ पर्नेमा ललित जोशी, पदमराज जोशी, मेघराज जोशी, धुव्रराज भट्ट, यज्ञराज ओझा, कमलापति भट्ट, मीना जोशी, रामनाथ योगी, हर्कबहादुर खडायतलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्