१८ हजार वर्ष पुरानो कुकुरको अवशेष भेटियो, यो हुनसक्छ संसारकै सबैभन्दा पुरानो कुकुर



एजेन्सी : स्वीडेनका वैज्ञानिकहरुले १८ हजार पुरानो कुकुरको अवशेष पत्ता लगाएका छन् । वैज्ञानिकहरुले साइबेरियाको हिउँमा पुरिएको अवस्थामा रहेको कुकुरको अवशेष एक वर्षको अनुसन्धानपछि पत्ता लगाएका हुन् ।

उक्त कुकुरको रौँ, नाक र दाँत अझै पनि खराब नभएको वैज्ञानिकहरुले उल्लेख गरेका छन् ।

यो अनुसन्धानमा लभ डेलेन र डेभ स्टन्टन नामका दुई वैज्ञानिक सहभागि थिए । उनीहरुका अनुसार यो कुकुर भेडा प्रजातिको रहेको छ । सुरुमा देख्दा वैज्ञानिकहरुसमेत आश्चर्यमा परेका थिए । उक्त जीव कुकुर जस्तै देखिए पनि भेडा प्रजातिको हुनसक्ने भन्दै वैज्ञानिकहरुले थप अनुसन्धान जरुरी भएको बताएका छन् ।

लोप भएको भेडाबाट कुकुर बनेको अनुमान
वैज्ञानिक स्टन्टनका अनुसार अनुसन्धानबाट यो एक दुर्लभ र लोप भइसकेको प्रजातिको अवशेष हो । यो लोप भएको भेडाबाट बनेको कुकुरलाई नै घरपालुवा बनाएको हुनसक्ने वैज्ञानिकले अनुमान लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्