साग अपडेट : नेपालले पहिलो दिनमै जित्यो १५ स्वर्ण, कुन खेलमा कसले जित्यो कुन पदक ?



काठमाडौं : हिजो (आइतबार) देखि औपचारिक रुपमा सुरु भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म १५ स्वर्ण, ३ रजत र ४ कास्यसहित कुल २२ पदक हात पारेको छ। पदक हात पार्ने क्रममा तेक्वान्दोमा नेपालकी आयशा शाक्यले स्वर्ण पदक जितेकी छिन् ।

आयशाले २९ वर्ष माथि उमेर समूहको पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन् ।
यसैगरी साग अन्तर्गत तेक्वान्दोको पुम्से जोडीमा नेपालले स्वर्ण पदक जितेको छ । सातदोबाटोस्थित तेक्वान्दो हलमा सोमबार आयशा शाक्य र सन्जिब कुमार ओझाको जोडीले स्वर्ण जितेका हुन् ।

यस्तै, तेक्वान्दोबाट नेपालले पहिलो स्वर्ण पदक पाएको छ। करातेको व्यक्तिगत पुरुष काता प्रदर्शनमा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक दिलाएका हुन्।

यस्तै तेक्वान्दो मै नेपालकी पार्वती गुरुङले स्वर्ण पदक जितेकी छिन् । पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन । यस स्पर्धामा श्रीलंकाले रजत र भारतले कास्य जितेको छ ।

यस्तै तेक्वान्दोमा नेपालकी सिना लिम्बू माडेनले स्वर्ण पदक जितेकी छिन् । सिनाले पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन्।

यता तेक्वान्दोको महिला टिम पुम्सेमा नेपालले स्वर्ण पदक जितेको छ। सातदोबाटोस्थित तेक्वान्दो हलमा सोमबार निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना रहेको टिमले स्वर्ण जितेका हुन्।

तेक्वान्दोको १७ देशी २३ उमेर समूहको महिला टिम पुम्सेमा नेपालले स्वर्ण पदक जितेको छ ।सातदोबाटोस्थित तेक्वान्दो हलमा सोमबार निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना रहेको टिमले स्वर्ण जितेका हुन् ।

यता तेक्वान्दोको २३ वर्ष माथि महिला टिम पुम्सेमा नेपालले स्वर्ण पदक जितेको छ । सातदोबाटोस्थित तेक्वान्दो हलमा सोमबार निता गुरुङ, शुसिला राई र प्रसंसा क्षेत्री रहेको टिमले स्वर्ण जितेका हुन् । योसँगै नेपालले तेक्वान्दोमा ७ स्वर्ण जितेको छ ।

यसैगरी सातदोबाटोस्थित कराते हलमा भएको कराँते अन्र्तरगत महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । काता खेलाडी निर्मला तामाङ, संगीता मगर र शरु कार्की रहेको समूहले स्वर्ण जितेको हो। महिला टिम कातामा पाकिस्तानले रजत जितेको छ। नेपालले २४.८८ अंक प्राप्त र्गयो भने पाकिस्तानले २३.३ अंक हात पारेको हो।

यसैगरी करातेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेका छन् । लक्ष्मणले ५५ केजी तौल समूहमा बंगलादेशका मोहम्मद मस्तोफालाई पराजित गरे । बंगलादेशी खेलाडीविरुद्ध उनले १–० ले जित निकालेका हुन् ।

यता करातेको पुरुष टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ । नेपालका मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ, प्रविन मानन्धरको टिमले स्वर्ण जितेको हो । योसँगै मण्डेकाजीले दुई स्वर्ण जितेको छ । उनले एकल कातामा समेत स्वर्ण जितेका थिए ।

यसैगरी, नेपालका विप्लब लाल श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको व्यक्तिगत पुरुष कुमुतेतर्फ स्वर्ण जितेका छन्। सातदोबाटोस्थित कराते हलमा विप्लबले ८४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । उनले पाकिस्तानका मोहमम्द वजलाई ६–५ ले हराए ।

यस्तै करातेमा नेपालकी कुसुम खड्काले स्वर्ण पदक हासिल गरेकी छिन् । सातदोबाटो स्थित कराते हलमा भएको कुमुते ४५ केजि मुनिको प्रतिस्पर्धामा कुसुमले बंगलादेशका खेलाडीलाई ३–२ अंकले पराजित गरिन ।

यसैगरी करातेमा नेपालकी अनु अधिकारीले स्वर्ण पदक जितेकी छिन् । सातदोबाटो स्थित कराते हलमा भएको कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा अनुले श्रीलंकाकी खेलाडीलाई ८–० अंकले पराजित गरिन । उनले टिक्निकल नकआउट गरेकी हुन् । योसँगै नेपालले करातेबाट ७ स्वर्ण र २ रजत प्राप्त गरेको छ ।

यसैगरी करातेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेका छन् । लक्ष्मणले ५५ केजी तौल समूहमा बंगलादेशका मोहम्मद मस्तोफालाई पराजित गरे । बंगलादेशी खेलाडीविरुद्ध उनले १–० ले जित निकालेका हुन् ।

यता करातेको पुरुष टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ । नेपालका मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ, प्रविन मानन्धरको टिमले स्वर्ण जितेको हो । योसँगै मण्डेकाजीले दुई स्वर्ण जितेको छ । उनले एकल कातामा समेत स्वर्ण जितेका थिए ।

यसैगरी, नेपालका विप्लब लाल श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको व्यक्तिगत पुरुष कुमुतेतर्फ स्वर्ण जितेका छन्। सातदोबाटोस्थित कराते हलमा विप्लबले ८४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । उनले पाकिस्तानका मोहमम्द वजलाई ६–५ ले हराए ।

यस्तै करातेमा नेपालकी कुसुम खड्काले स्वर्ण पदक हासिल गरेकी छिन् । सातदोबाटो स्थित कराते हलमा भएको कुमुते ४५ केजि मुनिको प्रतिस्पर्धामा कुसुमले बंगलादेशका खेलाडीलाई ३–२ अंकले पराजित गरिन ।

यसैगरी करातेमा नेपालकी अनु अधिकारीले स्वर्ण पदक जितेकी छिन् । सातदोबाटो स्थित कराते हलमा भएको कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा अनुले श्रीलंकाकी खेलाडीलाई ८–० अंकले पराजित गरिन । उनले टिक्निकल नकआउट गरेकी हुन् । योसँगै नेपालले करातेबाट ७ स्वर्ण र २ रजत प्राप्त गरेको छ । योसँगै करातेमा ९ इभेन्टमध्ये ७ स्वर्ण २ रजत नेपालले जितेको छ।

यस्तै, ट्रयाथलोनमा पनि नेपालले स्वर्ण जितेको छ। सोमबार पोखरामा महिलातर्फ भएको प्रतिस्पर्धामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक हात पारेकी हुन् । नेपालले साग खेलकुदअन्तर्गत ट्रायाथोलनमा स्वर्ण पदक जितेको यो पहिलोपटक हो । रजत र कास्य पदक भारतका सोरोजिनीदेवी र प्रग्न्या मोनानले जितेका छन्।

यस्तै नेपालकी चन्चला दनुवारले करातेको व्यक्तिगत महिला एकल कातातर्फ रजत पदक जितेकी छिन् । सातदोबाटोस्थित कराते हलमा सोमबार भएको फाइनलमा चन्चला पाकिस्तानकी खेलाडीसँग पराजित भईन् । चन्चलाले फाइनलमा २४.६२ अंक जोडिन।

यता करातेमा नेपालका दिवस श्रेष्ठले कुमुतेतर्फ रजत पदक जितेका छन् । सातदोबाटोस्थित कराते हलमा सोमबार दिवसले पुरुष ८४ केजीमा रजत जितेका हुन् । पाकिस्तानका अवाइस मोहम्दसङ २–२ को बराबरी गरेपनी धेरै फल गर्दै धेरै चेतवानी पाएपछि अयोग्य बनेका थिए । खेलमा अग्रता बनाएपनी बारम्बार गल्ती गर्दा अयोग्य भएका हुन् ।

यसैगरी पुरुष एकल पुम्सेअन्तर्गत १७ देखि २३ वर्षबीचको प्रतिस्पर्धामा दोस्रो स्थान हासिल गर्दै कृष्णबहादुर तामाङले नेपालका लागि रजत पदक जितेका छन्। श्रीलंकाका रनुकाप्रभाथ मेनिक पेडी दुरायालागेले ८.२५ं० स्कोरका साथ स्वर्ण पदक जितेको प्रतिस्पर्धामा कृष्णबहादुरले ८.२०० स्कोर गरेका थिए। बंगलादेशका कामरुल इस्लाम (८.०९०) र भारतका आलथालामु अन्पुइया (८.१२०)ले संयुक्त रुपमा कांस्य पदक जिते।

यस्तै, पुरुष ट्रायथलोनको पुरुषतर्फ भने नेपालका बसन्त थारुले कास्य पदक जितेका छन्।
यता, ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपालले कास्य पदक जितेको छ । पोखरा रंगशालाको कभर्डहलमा सोमबार भएको सेमिफाइनलमा नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित हुँदै कास्यमा सिमित बनेको हो ।

त्यस्तै ब्याडमिन्टनको महिला टिम इभेन्टमा नेपालले कास्य पदक जितेको छ । पोखरा रंगशालाको कभर्डहलमा सोमबार भएको सेमिफाइनलमा नेपाल श्रीलंकासँग ३–० को सेटमा पराजित हुँदै कास्यमा सिमित बनेको हो । नेपालकी नङ्शल तामाङ श्रीलंकाकी थिलिनी प्रोमादिकासँग २–० को सेटमा पराजित भईन् । अनुमाया राई श्रीलंकाकी दिल्मी डायससँग २–० ले पराजित भईन् । यस्तै सिमा राजवंशी श्रीलंकाकी निमाशिखा रत्नशिरीसँग २–० ले पराजित भईन् ।
यता तेक्वान्दो महिला टिम पुम्सेमा नेपालले कास्य जितेको छ । सातदोबाटोस्थित तेक्वान्दो हलमा १७ देखि २३ वर्ष उमेर समूहमा अस्मिन राउत र सिना लिम्बु मादेनले कास्य जितेकी हुन् । यस स्पर्धा श्रीलंकाले स्वर्ण जित्दा भारतले रजत जितेको छ ।

सागको दोस्रो दिन सोमबार नेपालले १५ स्वर्ण पदक जितेको छ । नेपालले विभिन्न तीन खेलमा १५ स्वर्णपदक जितेको हो । र, नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले कराते र तेक्वान्दोमा सर्वाधिक ७/७ स्वर्ण जितेको छ ।

प्रतिक्रिया दिनुहोस्