दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते



महोत्तरी : महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–२ स्थित सिंग्याही बजारमा आमा छोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–२ बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

दुर्घटनामा १६ वर्षीय मनिष सिंह गम्भीर घाइते भएका छन् । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 

शनिबार करीब ६ बजे बखरीबाट ज८प ५४४५ नंको मोटरसाइकल दुर्घटना हुँदा दुवै आमा छोरा गम्भीर घाइते भएका थिए । 

घाइते आमा लक्ष्मीनियादेवीलाई उपचार लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्