अनुमतिपत्र लिन जाँदैनन् चालक


काठमाडौं : सडक नियम उल्लङ्घन गरेको भनी ट्राफिक प्रहरीले कारवाही गरेका धेरै सवारी चालक लामो समयसम्म चालक अनुमतिपत्र बुझ्न नआउने गरेका छन् । यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा अहिले १० वर्ष वा त्योभन्दा पहिलेदेखि रहेका चालक अनुमतिपत्र लिन सेवाग्राही नआएको पाइएको छ ।

लामो समयसम्म चालक अनुमतिपत्र लिन नआउँदा कार्यालयलाई त्यसको व्यवस्थापन गर्न कठिन भएको कार्यालयका प्रमुख डम्बरबहादुर चन्दले बताए। उनका अनुसार कार्यालयमा अहिले ट्राफिक प्रहरी कार्यालयबाटै आएका झण्डै २५ हजार चालक अनुमतिपत्र छन् । लामो समयदेखिका अनुमतिपत्र वितरणका लागि त्यतिबेलाको फाइल खोजेर मात्रै दिने गरिएको छ ।

यहाँ रहेका अनुमतिपत्र वितरणका लागि समेत जनशक्ति व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । “एकातिर यहाँ जनशक्ति नै कम छन् त्यसमा भएका जनशक्ति पनि यी काममा लाग्नुपर्ने अवस्था छ ।” ट्राफिक प्रहरीले सडक नियम उल्लङ्घन गरेको भनी चिट काटेका सवारी चालकलाई सोही वर्षभित्र सेवाग्राही जाँदा सम्बन्धित कार्यालयबाटै चालक अनुमतिपत्र दिन्छ ।

ती कार्यालयले चिट काटेकै आवमा राजश्व बुझाउने र ट्राफिक नियमसम्बन्धी कक्षा लिएपछि चालक अनुमतिपत्र दिने गरेको छ । एक आवभरमा समेत चालक अनुमतिपत्र लिन नजाने चालकको भने अनुमतिपत्र यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको छ ।

काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्रका चार कार्यालय भए पनि ट्राफिक प्रहरीले भने कारवाही गरेका चालकको अनुमतिपत्र एकान्तकुना कार्यालयमा नै पठाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

कावासोती : सुर्खेतबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको टोली चढेको ना.६ ख ४०४ नम्बरको बस

काठमाडौं : नाइट क्लवमा भेटिएका चार जना खेलाडीले मंसिर २८ बाट सुरु हुने शहीद स्मारक

काठमाडौं : राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता

काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई तीन दिनको म्याद थप गरिएको

काठमाडौँ : मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना हुँदा २२ जना घाईते भएका

काठमाडौं : बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । आज

जाजरकोट : हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आज (शुक्रबार) देखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ ।

काठमाडौं : सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याका विषयमा सत्य स्वीकार

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बेलुका ७ बजेर ११

नरेश सर्राफ वीरगन्ज : भारतीय नागरिकले झुठो वितरण पेश गरी नेपाली नागरिकता लिएको प्रमाणसहित सम्बन्धित

काठमाडौं : शनिबारदेखि सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले २७ लाख