रूसी ग्यास पाइपलाइन चीन पुग्यो, पुटिन र सीद्वारा उद्घाटन


एजेन्सी : रुस र चीनबीच सोमबार पहिलो पटक ग्यास पाइपलाइनको सुरुवात गरिएको छ । विश्वकै मुख्य ग्यास वितरक देशमा पर्ने रुसले चीनसँग ग्यास पाइपलाइन जोड्नुलाई ऐतिहासिक घटनाका रूपमा लिइएको छ ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ्ले टेलिभिजनबाट प्रसारण भइरहेको समारोहमा सोमबार ग्यास पाइपलाइनको उद्घाटन गरेका छन । दुई देशका बीचमा ग्यास पाइपलाइन सञ्चालन हुनुलाई आपसी सहकार्यको नयाँ कदमका रूपमा व्याख्या गरिएको छ ।

“आज एउटा ऐतिहासिक काम भएको छ, यो विश्वको उर्जा बजारका लागि मात्रै नभई तपाई हाम्रा लागि पनि पहिलो पटक महत्वपूर्ण कदम भएको छ,” पुटिनले भने । चिनियाँ राष्ट्रपति सीले भने यस कार्यलाई आपसी सहकार्यको नयाँ नमुनाका रूपमा अथ्र्याएका छन । यसले दुई देशको सम्वन्धलाई थप उचाइमा पु-याउने विश्वास पनि उनले व्यक्त गरे ।

कार्यक्रममा दिइएको जानकारी अनुसार दुर्गम क्षेत्रमा पर्ने पूर्वी रूसदेखि चीनको सिमा क्षेत्रमा पर्ने ब्लागोभेशचेन्सकसम्म जोड्नेगरी ग्यास पाइपलाइन जोडिएको छ । सो पाइपलाइन तीन हजार किलोमिटर लामो रहेको जनाइएको छ । यसलाई राष्ट्रपति पुटिनले संसारकै सबैभन्दा ठूलो निर्माण परियोजनाको संज्ञा दिएका छन ।

सो पाइपलाइनबाट सन् २०२५ देखि मात्रै पूर्ण क्षमतासहित ग्यास निर्यात गर्न सकिने भएको छ । पूर्ण क्षमतासहित सञ्चालन हुँदा सो पाइपलाइनबाट प्रति बर्ष ३८ अर्ब क्युविक मिटर ग्यास निर्यात गर्न सकिने अधिकारीहरूले जनाएका छन् ।

यो निर्माण गर्न रूस र चीनले सन् २०१४ मा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तीस बर्षे यो ४०० अर्ब अमेरिकी डलर लाग्ने परियोजनालाई महत्वाकांक्षी परियोजना मानिएको थियो । पाइपलाइन निर्माण गर्ने क्षेत्रमा दलदल, डाँडाकाँडा र ढुङग्यान भूभाग रहेको र गाह्रो खालको वातावरणीय अवस्था रहेको जनाइएको छ ।

पाइपलाइन अन्तर्गत पर्ने याकुतिया क्षेत्रमा माइनस ६० डिग्री सेल्सीयस र रूसको सुदुर पूर्वी अमुर क्षेत्रमा माईनस ४० डिग्री सेल्सीयस तापक्रम हुने गरेको अधिकारीहरूले जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

कावासोती : सुर्खेतबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको टोली चढेको ना.६ ख ४०४ नम्बरको बस

काठमाडौं : नाइट क्लवमा भेटिएका चार जना खेलाडीले मंसिर २८ बाट सुरु हुने शहीद स्मारक

काठमाडौं : राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता

काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई तीन दिनको म्याद थप गरिएको

काठमाडौँ : मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना हुँदा २२ जना घाईते भएका

काठमाडौं : बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । आज

जाजरकोट : हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आज (शुक्रबार) देखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ ।

काठमाडौं : सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याका विषयमा सत्य स्वीकार

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बेलुका ७ बजेर ११

नरेश सर्राफ वीरगन्ज : भारतीय नागरिकले झुठो वितरण पेश गरी नेपाली नागरिकता लिएको प्रमाणसहित सम्बन्धित

काठमाडौं : शनिबारदेखि सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले २७ लाख