उपत्यकामा प्रहरीको दोहोरो सुरक्षा जाँच



काठमाडौं : काठमाडौं उपत्यकामा नेपाल प्रहरीको दोहोरो चेकिङ प्रणाली सुरु भएको छ । उपत्यकाका तीनवटै प्रहरी परिसरको चेकिङ प्रणालीको अनुगमन गर्ने नाममा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले विभिन्न स्थानमा आफ्नो युनिट खटाएर चेकजाँच गर्ने गरेको छ ।

महानगरीय प्रहरी कार्यालयमातहतका तीनवटै परिसरले प्रत्येक दिन आफ्ना युनिटमार्फत चेकजाँच गरिरहेका हुन्छन् । काठमाडौं, ललितपुर र भक्तपुरमा गरी परिसरका करिब एक हजार चार सय प्रहरीलाई चेकिङका लागि खटाइएको हुन्छ । 

उनीहरूको अनुगमनका लागि महानगरीय प्रहरी कार्यालय थप चेकजाँच गरिरहेको हुन्छ । काठमाडौ परिसरको मात्रै प्रत्येक दिन ४२ स्थानमा परिसरको युनिटले चेकिङ गरिरहेको हुन्छ तर त्यसलाई अविश्वास गर्दै आयुक्तको कार्यालयले पनि २० स्थानमा आफ्नो युनिट खटाएर चेकजाँच गरिरहेको छ । आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्