अन्तरप्रदेश हवाइ उडानको इन्धनमा सहुलियत दिइने


काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तरप्रदेश उडान गर्ने हवाई सेवा कम्पनीलाई इन्धनमा सहुलियत दिने बताएका छन्।

नेपाल नागरिक उड्यन प्राधिकरणद्वारा आज आयोजित विराटनगर विमानस्थलको विकास र विस्तार लागि पारिएको गुरु योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्रदेशको आर्थिक क्रियाकलापमा वृद्धि र काठमाडौँको हवाई ट्राफिक घटाउने सोचले आफूले कार्य गरिरहेको जानकारी दिए। मन्त्री भट्टराईले विराटनगर विमानस्थलको एक हजार ५०० मिटरवाट दुई हजार ५०० मिटर धावनमार्गको विस्तार गर्ने कार्य सन् २०२५ भन्दा अगाडि नै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे।

विराटनगर विमानस्थलवाट हिमाली उडान सेवा शुरु गर्न प्रदेश सरकार तथा स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउँदै उनले आगामी दिनमा साना जहाजको उडान प्रदेशको राजधानीबाट अन्य क्षेत्रमा हुने गरी काठमाडौँसँग प्रदेशको सम्पर्क उडान गर्ने नीति सरकारको छ भने।

मन्त्री भट्टराईले विराटनगर तथा चन्द्रगढी विमानस्थलबाट बङ्गलादेशको शहीदपुर उडान चाँडै शुरु गर्ने सोचका साथ सरकारले आवश्यक गहृकार्य गरिरहेको उल्लेख गर्दै ठूलो जनसङ्ख्यामा रहेको भारतीय पर्यटकलाई ध्यानमा राखेर यहाँबाट दिल्ली र कोलकत्ता उडान गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

कावासोती : सुर्खेतबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको टोली चढेको ना.६ ख ४०४ नम्बरको बस

काठमाडौं : नाइट क्लवमा भेटिएका चार जना खेलाडीले मंसिर २८ बाट सुरु हुने शहीद स्मारक

काठमाडौं : राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता

काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई तीन दिनको म्याद थप गरिएको

काठमाडौँ : मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना हुँदा २२ जना घाईते भएका

काठमाडौं : बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । आज

जाजरकोट : हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आज (शुक्रबार) देखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ ।

काठमाडौं : सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याका विषयमा सत्य स्वीकार

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बेलुका ७ बजेर ११

नरेश सर्राफ वीरगन्ज : भारतीय नागरिकले झुठो वितरण पेश गरी नेपाली नागरिकता लिएको प्रमाणसहित सम्बन्धित

काठमाडौं : शनिबारदेखि सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले २७ लाख