टेबलटेनिसमा नेपाल विजयी



काठमाडौं : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत टेबलटेनिसको पुरुष समूहगत स्पर्धामा नेपाल लिग चरणको पहिलो खेलमा विजयी भएको छ । लैनचौरस्थित टेनिस हलमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–१ ले हराएको हो ।

नेपालबाट समूहगत स्पर्धामा स्यान्टु श्रेष्ठ, पुरुषोत्तम बज्राचार्य र शिव सुन्दर गोथेले खेलेका थिए । आजै सम्पन्न खेलमा भारतले पाकिस्तान र बङ्गलादेशलाई पराजित गरेको छ । दुवै खेल भारतले ३–० ले जितेको हो । जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै श्रीलङ्काले माल्दिभ्सलाई ३–० ले पराजित ग-यो ।

महिलातर्फ आजै सम्पन्न खेलमा भारतले माल्दिभ्स र पाकिस्तानलाई ३–० ले हरायो । श्रीलङ्काले महिलातर्फ बङ्गलादेशलाई ३–१ सेटमा पराजित गरेको हो । भारत महिलातर्फ पनि सेमिफाइनल प्रवेश गरेको छ । यस्तै नेपालले श्रीलङ्कालाई ३–० ले पराजित ग-यो । नेपाली महिला टोलीले मङ्गलबार बङ्गलादेशसँग खेल्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्