धनुषामा आगलागी : एक घाइते, चार लाखको क्षति



जनकपुरधाम  : धनुषाको हंसपुर नगरपालिका–४ मधुकर टोलमा परालको टौवामा आगलागी हुँदा चारलाख मूल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आगो ताप्न लगाएको घुरबाट मध्यरातमा हंसपुर नगरपालिका–४ का धनीकलाल यादव र अन्य तीनजनाको टौवामा आगलागी भएको थियो । आगलागीबाट तीनैजनाको पराल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले बताए । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।

 

यसैबीच धनुषाको सहिद नगरपालिकामा आगो तापिरहेका बेला आगो लागेर एक महिलाको शरीरको ढाडभन्दा तलको भाग जलेको छ ।

 

सहिद नगरपालिका–८ स्थित आफ्नै घरमा बसेर आगो तापिरहेकी ४० वर्षीया मनटुटदेवी यादवको शरीरमा आगो लागेको थियो ।

 

परिवारका सदस्यले तत्काल आगो निभाए पनि यादव गम्भीर घाइते भएकी छिन् । यादवको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्