छैटौँ पटक मेसीले जिते बोलोन डी’ओर


एजेन्सी : बार्सिलोनाका कप्तान अस्र्जेन्टिनी फुटबल स्टार तथा  बार्सिलोनाका कप्तान लियोनल मेसीले छैटौँ पटक बोलोन डी’ओर अवार्ड जितेका छन् ।  लिभरपुलका भर्जिल भान डिजेक पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेसीले उपाधि जितेका छन् । यसअघि मेसीले पछिल्लो पटक २०१५ मा यो अवार्ड जितेका थिए । छैटौं पटक यो उपाधि जितेर सबैभन्दा धेरै उपाधि जित्ने कीर्तिमान मेसीले बनाएका छन्।

फ्रान्स फुटबल म्यागजिनले वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने अवार्ड  मेसीले पहिलो पटक २००९ मा पहिलो पटक जितेका थिए । त्यसपछि २०१०, २०११, २०१२ मा गरी लगातार चार पटक मेसीले यो उपाधि जिते ।  २०१५ मा मेसीले पाचौं पटक बोलोन डी’ओर जितेका थिए।

खेलाडी, प्रशिक्षक तथा खेल पत्रकारको मतका आधारमा प्रदान गरिने अवार्डमा  लिभरपुलका भर्जिल भान डिजेक दोस्रो, र युभेन्टसका क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा रहे।  रोनाल्डोले पाँच पटक यो उपाधि जितेका छन् ।

चौथो स्थानमा लिभरपुलका साडिओ माने, पाँचौँ स्थानमा लिभरपुलकै मोहम्मद सालह, छैटौँ स्थानमा पिएसजीका केलियन एमबाप्पे, सातौँ स्थानमा लिभरपुलका एलिसन, आठौँ स्थानमा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की, नवौँ स्थानमा बर्नार्डो सिल्भा र दशौँ स्थानमा म्यानचेस्टर सिटीका रियाद महरेज रहेका छन् ।

 गत सिजन एन्टोनी ग्रिजम्यान र रोनाल्डोलाई पछि पार्दै रियल मड्रिडका लुका मोड्रिकले यो उपाधि जितेका थिए। अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– सांसदहरुले बालबालिका शिक्षाको नाममा काठमाडौंमा डलर खेतिको धन्दा चलिरहेको बताएका छन् । प्रतिनिधिसभाको महिला

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट आज सोमबार थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना

वीरगञ्ज : पुल निर्माण कार्यमा विवाद भएपछि बारा र रौतहटका स्थानियबीच झडप भएको छ ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि

काठमाडौं : शैलुङ र होनीको कम्पनीले सरकारविरुद्ध उच्च अदालत पाटनमा तेस्रो मुद्दा दायर गरेको छ

विराटनगर : कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको

काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देश भर सामान्यतया बदली रही देशका केही स्थानहरुमा

काठमाडौं : चितवनमा बुद्ध र यती एयरलाइन्सरले आज दुई–दुई उडान गर्ने भएको छ । झण्डै

मोरङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मोदीका

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्। नवलपुरको कावासोती नगरपालिका–१५,