अब १० किलाेभन्दा बढी सुन किन्नुपरे गभर्नरकाे स्वीकृति अनिवार्य



काठमाडौं : नेपाल राष्ट्र बैंकले १० किलोग्रामभन्दा धेरै सुन र ८० किलोभन्दा धेरै चाँदी खरिद गर्नु परे गभर्नरबाट स्वीकृत लिनुपर्ने व्यवस्था गरेको छ।

 

१० किलोसम्म सुन र ८० किलोसम्म चाँदी खरिदका लागि भने डेपुटी गभर्नरबाट स्वीकृत गराउनुपर्नेछ। राष्ट्र बैंकले यस्तो व्यवस्थासहितको सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्यविधि पारित गरेको छ।

 

५ किलो सुन र ५० किलो चाँदी खरिद गर्न भने मुद्रा व्यवस्थापन विभागबाट सोझै स्वीकृत लिन सकिने व्यवस्था कार्यविधिले गरेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाइएको हो।

 

कार्यविधि बमोजिमको काम कारबाहीका लागि आवश्यक सुनचाँदी तथा अन्य धातु प्रचलित ऐन तथा विनियमावलीमा तोकिए बमोजिमको प्रक्रिया अवलम्बन गरी स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारबाट खरिद गर्न सकिनेछ। यसरी खरिद गरिने सुन तथा चाँदीको गुणस्तर ९९९.९ टचको हुनुपर्नेछ।

 

सरकारी निकायबाट अनुरोध भई आएको अवस्थामा नेपाल सरकारबाट समेत सुनचाँदी खरिद गर्न सकिनेछ।

 

सरकारबाट सुनचाँदी खरिद गर्दा आन्तरिक लेखा परीक्षण विभाग, वित्त व्यवस्थापन विभाग र नेपाल सरकारको सम्बन्धित कार्यालयका प्रतिनिधिको रोहवरमा गलान गरी आस्से परीक्षणबाट हुन आएको गुणस्तरका आधारमा उक्त दिनको अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्नुपर्नेछ।

 

नेपालको आर्थिक, सामाजिक वा सांस्कृतिक क्षेत्रमा क्रियाशील रही योगदान पुर्‍याउँदै आएको कुनै कम्पनी, संघसंस्थाको कुनै विशेष दिन, वर्ष, अवसर, कार्यक्रम वा उपलब्धिसँग सम्बन्धित विषयवस्तु अंकित भई स्मारिका सिक्का एकपटक निश्चित संख्यामा टकमरी गरे पश्चात् सोही स्मारिका सिक्का पुनः टकमरी नगरिने कार्यविधिमा उल्लेख छ। 

 

टकमरी गरिएको स्मारिका सिक्का बिक्री नभई बाँकी रहेको अवस्थामा त्यस्तो स्मारिका सिक्काको टकमरी गरिएको मितिले १० वर्षमा पुनर्मूल्यांकन गरी नयाँ बिक्री मूल्य कायम गर्नुपर्नेछ।

 

सिक्कामा प्रयोग गरिएको धातु बजार मूल्य प्रतिग्राम २० रुपैयाँभन्दा कम भएको अवस्थामा बढीमा १५ दिनसम्म बिक्री गर्नुपर्नेछ। १५ दिन नपुग्दै सो वा सोभन्दा बढी मूल्य कायम हुन आएमा बिक्री गर्न सकिनेछ।

 

याे खबर अाजकाे अन्नपूर्ण पाेस्ट् राष्ट्रिय दैनिकबाट लिइएकाे हाे । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– सर्वोच्च अदालतले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक र उद्योगले आफ्नो खुद नाफाको एक प्रतिशत रकम

काठमाडौं : अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा.गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन्

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष पुगेका र दीर्घ रोगी भएकाहरुलाई अत्यावश्यकबाहेक घरबाहिर

काठमाडौं– राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले निर्वाचन प्रणालीलाई सुधार गर्न निर्वाचन ऐन परिमार्जनको काम अगाडी बढाउने

काठमाडौं– शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको भारतीय राजदूत विनय

काठमाडौं– नेपाल कानून समाजले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक

गुल्मी : इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

काठमाडौँ : निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काभ्रे : जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिका–५ चौकोटकी

काठमाडौं : नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा

चितवन : चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड