१३औँ साग: आज पन्ध्र खेल हुँदै, कुन खेल कहाँ ?


तेह्राैँ दक्षिण एशियाली खेलकूद(साग) को पोखरामा शुभारम्भका अवसरमा आयोजित मार्चपासमा राष्ट्रिय झण्डासहित सहभागी मुसलमान समुदाय । तस्वीरः रासस

काठमाडौं : नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ, कराते, खोखो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन र उसु खेलमा प्रतिस्पर्धा हुँदैछ । ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुनेछ भने बाँकी खेल काठमाडौँमा हुनेछ ।

भलिबल- सागअन्तर्गत आज महिला र पुरुष दुवैतर्फको फाइनल खेल हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा हुने खेलमा महिलातर्फ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुँदैछ । नेपालले शनिबार भएको सेमिफाइनल खेलमा साविक उपविजेता श्रीलङ्कालाई ३–० ले लगातार पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपाल दक्षिण एशियालीस्तरको सागको फाइनलमा प्रवेश गरेको यो नै पहिलो पटक हो । यसअघि नेपालले सागमा तीन पटक कास्य पदकमा जितेको थियो ।

नेपाली टोलीका कप्तान अरुणा शाहीले फाइनलमा भारतविरुद्ध स्वर्ण जित्नकै लागि खेल्ने बताइन् । उनले भनिन्, “हामीले फाइनल पुगेर इतिहास त रचेका छौँ तर हाम्रो लक्ष्य स्वर्ण जित्ने हो । त्यसका लागि हामीले तयारी गरेका छौँ । शाहीकै कप्तानीमा नेपालले केही साताअघि बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जितेको थियो । खेल अपराह्न ४ बजे शुरु हुनेछ । त्यस्तै पुरुषतर्फको भलिबलको फाइनलमा भारत र पाकिस्तान भिड्नेछन् । खेल अपराह्न १ बजे हुनेछ ।

फुटबल- त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज पुरुष फुटबलमा दुई खेल हुनेछ । यसमा नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ । उक्त खेल अपराह्न १ बजे हुनेछ । त्यस्तै अर्को खेलमा बङ्गलादेश र माल्दिभ्स भिड्नेछन् । उक्त खेल अपराह्न ५ बजे हुनेछ । राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

क्रिकेट- साग क्रिकेटअन्तर्गत पुरुषतर्फको खेलमा नेपालले टेष्ट राष्ट्र श्रीलङ्काको यू–२३ टोलीसँग खेल्दै छ । खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । त्यस्तै पोखरामा हुने महिला क्रिकेटमा श्रीलङ्का र बङ्गलादेशबीच खेल हुनेछ ।

उसु- आजदेखि शुरु हुने उसु खेल लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा हुनेछ । थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ । आज नेपालले २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।

सुटिङ- सुटिङ खेल पनि आजैदेखि शुरु हुँदैछ । सातदोबाटोस्थित सुटिङ हलमा हुने खेलमा नेपालको महिला टोलीले दुई खेलमा प्रतिस्पर्धा गर्नेछन् । पुरुष टोलीले ५० मिटर थ्री पोजिशन तथा २५ मिटर सेन्टर फायरमा सहभागी जनाउँदै छ । सुटिङतर्फ नेपालले पाँच स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।

तेक्वान्दो- सोमबारदेखि शुरु भएको तेक्वान्दो खेलमा आज चार स्वर्ण पदकका लागि भिडन्त हुँदैछ । ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा हुने खेलमा गेरुगीतर्फ चार स्वर्ण पदकका लागि भिडन्त हुनेछ । आज पुरुषको ५४ केजी र ६८ तथा महिलाको ४६ केजी र ५७ केजी स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपालले सोमबार पुम्सेमा सात स्वर्ण पदक जितेको थियो । त्यस्तै ५४ केजीमा मनोज मल्ल र ६८ केजीमा वीरबहादुर महराले नेपालको चुनौती पेश गर्नेछन् । महिलाको ४६ मा काजल श्रेष्ठ तथा ५७ केजीमा निमा गुरुङले खेल्नेछन् ।

एथ्लेटिक्स- यसमा सात स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । खेल दशरथ रङ्गशालामा हुनेछ । खेल तालिकानुसार १०० मिटर पुरुष र महिला स्पर्धाको हिट चरणको खेल हुनेछ । यस्तै हाइजम्पको महिला र पुरुष, १५ सय मिटर दौडको पुरुष र महिला र १०० मिटर दौडको पुरुष महिलाको फाइनल खेल हुनेछ । त्यस्तै १० हजार मिटर पुरुषको फाइनल खेल पनि आजै हुनेछ ।

खोखो- खोखोतर्फ आज सेमिफाइनलको खेल हुनेछ । सेमिफाइनलमा भारतले श्रीलङ्का तथा नेपालले बङ्गलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

कराते- सागअन्तर्गत करातेमा सोमबार सात स्वर्ण जितेको नेपालले आज विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकूद परिसरमा रहेको कराते हलमा हुनेछ ।

गल्फ- गोकर्ण फरेस्ट गल्फ क्लबमा आजदेखि शुरु हुने पुरुष व्यक्तिगततर्फ नेपाल, बङ्गलादेश, श्रीलङ्का र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बङ्गलादेश र श्रीलङ्का गरी तीन देशको मात्र सहभागिता छ ।

टेबलटेनिस- सोमबारदेखि शुरु भएको टेबलटेनिसका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

टेनिस- सातदोबाटोस्थित टेनिस कोर्टमा हुने खेलमा टिम इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन् । पुरुषमा नेपालले भारतसँग खेल्नेछ । भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको हो । महिला टिम इभेन्टमा नेपाल र श्रीलङ्का सेमिफाइनलमा पुगेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पोखरा : गण्डकी प्रदेशका सांसद दीपक मनाङे ६ हजार धरौटीमा रिहा भएका छन् । उनलाई

जनकपुरधाम : प्रदेश २ सरकारका मन्त्रीहरु बिचको विवाद सतहमा आएको छ । राजपा र समाजवादी

काठमाडौं : भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका

काठमाडौँ : प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज केहीबेरपछि बस्ने बैठकमा हुँदैछ । सो पदका

एजेन्सी : चीनको वुहान शहरमा फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुने संख्या ५६ पुगेको छ

एजेन्सी: कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । आइतबार मात्रै १५

काठमाडौं : ‘बल्ने ढुङ्गा’को लोभमा एक जना व्यक्तिको ५० लाख लुटिएको छ । साथीहरुले ‘बल्ने

काठमाडौं : समयमै मानसिक रोगको उपचार भएमा सार्थक जीवन विताउनसक्ने मनोविद्हरुको जनाएका छन् । बङ्गलादेशको

काठमाडौं : सन् १९५४ देखि प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबारका दिन पर्ने विश्व कुष्ठरोग

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिक बदली रहने जनाएको छ ।आज (आइतबार)

जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राष्ट्रियसभा निर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सँग राष्ट्रिय

काठमाडौ : नेपालमा पनि कोरोना जिवाणु (भाइरस) भित्रिन सक्ने जनाउँदै स्वास्थ्य क्षेत्रका विज्ञले सचेत हुन