नेपाली महिला भलिवल टिमलाई ईतिहास रच्ने अवसर



काठमाडौं : अहिले १३ औ दक्षिण एसियाली खेलकुद भईरहेको छ । यसअन्तर्गत आज महिला भलिवलमा आज नेपाल र भारतबीच प्रतस्पर्धा हुँदैछ । आज ४ बजेपछि त्रिपुरेश्वस्थित राखेप कभर्डहलमा खेल शुरु हुनेछ ।

गत शनिवार भएको सेमिफाइनलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पार्दै फाइनलमा प्रवेश गरेपछि नेपालले रजतपदक पक्का गरेको थियो । तर रजतभन्दा पनि नेपाली महिला भलिबल टोलीले स्वर्णको अपेक्षा गरेको छ । यो नेपाली महिला बलिवल टिमको लागि ईतिहास रच्ने अवसर पनि हो ।

किनभने नेपाली महिला भलिवलले फाईनलमा यसअघि पाईनलमा पुग्नै सकेको थिएन । जुन अवसर अहिल प्राप्त भएको छ । यसलाई नेपाली महिला भलिवल टिमले आत्मसाथ गर्दै उत्कृष्ट र प्रभावकारी प्रदर्शन गर्न आवश्यक रहेको । नेपाली महिला भलिवलको टोलीले उत्कृष्ट प्रदर्शन गरेता पनि यसअघिको खेलमा भारतसँग हार बेहोरेको थियो । त्यसबेला भारतले खेलको दोस्रो भागमा हारको नजिक पुगेपनि खेललाई पुर्नताजकी दिँदै जित निकालेको थियो ।

यस विषयमा नेपाली महिला भलिवल टोलीकी कप्तान अरुणा शाहीले फाइनल पुगेर इतिहास रचिसकेको बताउँदै अब भारतविरुद्ध स्वर्ण जित्ने लक्ष्यमै कोर्टमा उत्रने शाहीको कथन छ । उनले समूह चरणमा हार बेहोरेपनि त्यसलाई बिर्सेर टोलीले अझ राम्रो प्रदर्शन गर्न तयार रहेको थपिन् ।

यता, भारत घरेलु समर्थक र घरेलु कोर्टमा नेपाललाई स्तब्ध पार्दै लगातार स्वर्ण आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ । नेपालविरुद्ध सुरुवाती सेटमा हार नजिक पुगेर पनि उत्कृष्ट पूनरागमन गर्दै जित निकालेको थियो । भारतले सोही प्रदर्शनलाई निरन्तरता दिँदै स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्