कालिकोटमा श्रम दिवस



सुर्खेत : कर्णाली प्रदेश सरकारले यसपटकको श्रम दिवस कालिकोट सदरमुकाममा पुगेर मनाएको छ । कर्णाली प्रदेश सरकारले आइतबार कालिकोटमा श्रम दिवस मनाएको हो ।

 

सरकारले हरेक महिनाको १ गते र १५ गते श्रम दिवस मनाउने घोषणा गरेसँगै पहिलोपटक राजधानीबाहिर श्रम दिवस मनाइएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, संघीय सांसद दुर्गबहादुर रावत, प्रदेशसभा सदस्य कुर्मराज शाही, राष्ट्रियसभा सदस्यद्वय नरपति लुहार र जीवन बुढा, खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेलगायतले बजारमा यत्रतत्र छरिएको फोहोर सफा गरेर श्रम दिवस मनाएका हुन् । 

मुख्यमन्त्री शाहीले आफ्नो आँगन सफा भए मानसिकतासमेत सफा हुने बताए । 

 

प्रतिक्रिया दिनुहोस्