१३ औँ साग: उसुमा विजय र सुस्मिताले दिलाए स्वर्ण



काठमाडौं: १३औं दक्षिण एसियाली खेलकुद (साग)को दोेस्रो दिन पनि नेपालले स्वर्ण जितेर राम्रो सुरुवात गरेको छ ।

प्रतियोगिता अन्र्तगत उसुमा नेपालले दुई स्वर्ण पदक जितेको हो । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन् ।

मंगलबार लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा विजयले ९।४८ प्वाइन्ट बनाए । उनले बंगलादेशका मोहम्मद ओमारलाई पछि पार्दै स्वर्ण जित्न सफल भए । ओमारले ९.३४ प्वाइन्ट जोडे ।

यस्तै सुस्मिताले श्रीलंकन खेलाडीलाई हराउँदै ९.४४ अंकका साथ स्वर्ण जितेकी हुन् । श्रीलंकन खेलाडीले रजत जित्दा बंगलादेशका खेलाडीले काश्य जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्