कराँतेको कुमुते र दुवाथोलनमा पनि नेपाललाई स्वर्ण



नवीन रसाइली

काठमाडौं: १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्र्तगत कराँतेको कुमुतेमा पनि नेपालले स्वर्ण जितेको छ ।

६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका नवीन रसाइलीले नेपाललाई स्वर्ण दिलाएका हुन् । उनले पाकिस्तानका अहमेद नासिसलाई हराए ।

यस्तै (साग) अन्तर्गत नेपालले दुवाथोलनमा अर्को स्वर्ण पदक जितेको छ ।

पोखरामा मंगलबार आयोजित प्रतियोगितामा हिमाल टमाटाले स्वर्णपदक जितेका हुन् । यही प्रतिस्पर्धामा नेपालकै लक्ष्मण मल्लले रजत पदक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्