प्रस्तावित प्रधानन्यायाधीश राणालाई सांसदकाे प्रश्नैप्रश्न



काठमाडौं प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको विषयमा संसदीय विशेष सुनुवाइ समितिमा सुनुवाइ भइरहेको छ ।

यस क्रममा सांसदहरूले राणालाई विभिन्न प्रश्न गरेका छन् । उच्च अदालतमा न्यायाधीशको रूपमा आउँदा ‘ब्ल्याकमेल’ गरेको, शिवकुमार मण्डलको जग्गाको फैसला गर्दा बिचौलियासँग साँठगाँठ गरेको लगायत विषयमा राणामाथि समितिमा प्रश्न उठाइएको छ । 

जुवातास कानुनी अपराध भएपनि मनोरञ्जन र बौद्धिक खेल भएको भनेर फैसला गरेको, इजलास बहिष्कार गरेको, पूर्व राजाको सम्पत्ति नेपाल ट्रस्टमा आएपनि पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरीलाई दाइजो पाएको भन्दै फैसला गरेको लगायतका प्रश्न सांसदहरूले गरेका थिए । 

यसअघि समितिको बैठकमा प्रस्तावित न्यायाधीश राणाले १४ पृष्ठको कार्य योजना प्रस्तुत गरेका थिए ।

उनले न्यायीक सुशासन कायम गर्ने र भ्रष्टाचारमा शून्य शहनशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै भ्रष्टाचार तथा न्यायीक विचलन गर्ने व्यक्तिको खोजी गर्ने पनि उनले बताएका छन् ।

राणामाथि अहिले पनि प्रश्न सोध्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्