साग क्रिकेट : नेपालले श्रीलंकालाई दियो १७३ रनको लक्ष्य



काठमाडौं : १३ औं दक्षिण एसियालि खेलकुद प्रतियोगीता (साग) अन्तर्गत क्रिकेटमा नेपालले श्रीलंकाको यू–१३ टोलीसामू १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायो।

नेपालका दीपेन्द्र ऐरीले अर्धशतकीय पारी खेले । उनी सर्वाधिक ७२ रन बनाएर नटआउट रहे । यसअघि कप्तान ज्ञानेन्द्र मल्ल २१ रन, बिनोद भण्डारी २० रन, आरिफ सेख १९ रन, पवन सर्राफ २२ रन तथा पूर्वकप्तान पारस खड्का १ रन बनाएर आउट भए । करन केसीले नटआउट १ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्