‘प्रेस’ शब्दको दुरुपयोग रोक्न महासंघ सक्रिय



राजविराज : नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारका लागि वरिष्ठ पत्रकार अनिलकुमार अनलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । 

समितिको सदस्यमा महासंघका सल्लाहकार श्रवणकुमार देव र महासंघ कार्यसमितिका तर्फबाट उपाध्यक्ष सुधा देवलाई राखिने भएको छ । 

उक्त पुरस्कारका लागि सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका इच्छुक पत्रकारलाई आगामी पुस २२ गतेसम्ममा आवेदन दिन आह्वान गरिएको छ । महासंघ सप्तरीले स्व. पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृति दिवस पुस २६ गते भव्यताका साथ मनाउने निर्णयसमेत गरेको छ ।

महासंघ सप्तरीले आफ्नो वार्षिक साधारणसभा आगामी माघ २६ गते गर्ने निर्णय गरेको छ ।

यसैगरी सप्तरी जिल्लामा ‘प्रेस’ शब्दको दुरुपयोग भइरहेकाले पत्रकार तथा सञ्चारगृहले प्रेस प्रयोजनमा प्रयोग गर्दैआएका सवारीसाधनको रेकर्ड महासंघले राख्ने भएको छ । 

महासंघले न्यूनतम योग्यता एवम् मापदण्ड पूरा गरेका व्यक्तिलाई मात्र सम्वाददाताका रूपमा नियुक्त गर्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमसँग आग्रह गरेको छ ।    

 

 

प्रतिक्रिया दिनुहोस्