पतिसँग फिल्मको पर्दामा ‘ओभर एक्सपोज’ हुन चाहान्नः दीपिका पादुकोण



एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोणले पति रणवीर सिंहसँग फिल्म खेल्न अस्वीकार गरेकी छिन् । रणवीरसँगै फिल्म ‘८३’ मा व्यस्त दीपिकाले अब पतिसँग फिल्म नखेल्ने बताएकी हुन् ।

उनले रणवीरसँग फिल्म नखेल्ने कारण बताउदै भनिन्, ‘मेरो र रणवीरको रियल लाइफको केमेस्ट्रीलाई फिल्मको पर्दामा ओभर एक्सपोज गर्न चाहन्न ।’

दीपिका र रणवीरले ‘गोलियोंकी रासलीला रामलीला, बाजीराव मसतानी, पद्मावत’ फिल्ममा काम गरिसकेका छन् । उनीहरुको जोडीलाई दर्शकले निकै रुचाइरहेका छन् ।

रणवीर सिंहको जोडी रियल लाइफसँगै रिल लाइफमा पनि उत्तिकै चर्चित छ । तर दीपिकाले रणवीरसँग लगातार ३ वटा फिल्ममा काम गर्न अस्विकार गरेकी छन् ।

दीपिका र रणवीर क्रिकेटर कपिल देवको जीवनमा आधारित रहेको फिल्म ‘८३’ मा एक साथ देखिदैछन् । यो फिल्ममा रणवीर कपिल देवको भुमिकामा देखिदैछन् भने दीपिका उनकी पत्नी रोमी भाटियाको भुमिकामा देखिदैछिन् ।

प्रतिक्रिया दिनुहोस्