भारतको चन्द्रयान–२ को अवशेष भेटियो, नासा यसो भन्छ



एजेन्सी : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भारतको चन्द्रयान–२ विक्रम ल्याण्डरको अवशेष फेला परेको जानकारी दिएको छ । सोमबार नासाले चन्द्रमाको परिक्रमा गरिरहेको नासाको उपग्रहले भारतको चन्द्रयान–२ को अवशेष फेला पारेको जानकारी दिएको हो ।

गत सेप्टेम्बर ७ मा चन्द्रमाको सतहमा उत्रिने प्रयास गर्दा गर्दै केही समयमा नै सम्पर्कविहिन भएको थियो ।

नासाले आफ्नो उपग्रहबाट लिएको तस्बिर पोस्ट् गरेको छ । जसमा विक्रम ल्याण्डर कहाँनिर झरेको थियो भन्ने पत्ता लगाउन सकिन्छ । तस्बिरमा विक्रम ल्याण्डरको भग्नावशेषको टुक्रा देख्न सकिन्छ ।

उक्त स्थानको पहिले र अहिलेको तस्बिरको फरकले पनि विक्रम ल्याण्डर खसेको अनुमान लगाउन सकिने वैज्ञानिकहरुले बताएका छन् ।

यसअघि भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका प्रमुख सिवनले ९ सेप्टेम्बरमा इसरोले चन्द्रमामा विक्रम ल्याण्डरको तस्बिर भेटिएको बताएका थिए । ४७ दिनको यात्रापछि ७ सेप्टेम्बरमा चन्द्रयान–२ चन्द्रमामा पुग्न २.१ किलोमिटर टाढा पुगिसकेको थियो । तर, अपसोच २.१ किलोमिटर अगाडिबाट नै सम्पर्कविहिन हुन पुग्यो ।

‘आर्बिटरमा भेटिएको तस्बिर देख्दा लाग्छ कि विक्रम ल्याण्डर चन्द्रमामा हार्डं ल्याण्डिङ भएको थियो । चन्द्रमालाई चक्कर लगाउँदै गरेको आर्विटरले विक्रम ल्याण्डरको थर्मल फोटो लिएको हो ।’ समाचार एजेन्सी पीटीआईलाई इसरो प्रमुखले बताए ।

प्रतिक्रिया दिनुहोस्