नेपालमा हिन्दु विश्वविद्यालय स्थापना हुने



काठमाडौं : नेपालमा हिन्दु विश्वविद्यालय स्थापना हुनेभएको छ । बनारस हिन्दु विश्वविद्यालयका संस्थापक मदनमोहन मालवीयको स्मृतिमा स्थापना गरिएको महामना मालवीय मिशनले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा काभ्रेको भकुण्डेबेसीमा नेपाल हिन्दू विश्वविद्यालय स्थापना हुने जानकारी दिइएको हो । 

मिशनले विश्वविद्यालयका लागि जग्गा खरिद प्रक्रिया पूरा भइसकेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालय स्थापनाका लागि आफूले सक्दो गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रचण्डले विश्वविद्यालयले नेपालको शिक्षासँगै नेपाल–भारतबीचको सम्बन्धलाई पनि मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । उनले हिन्दु विश्वविद्यालयको स्थापनाबाट नेपालको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासमा पनि उल्लेख्य योगदान पुग्ने बताए ।

बनारस हिन्दू विश्वविद्यालयले नेपालको शैक्षिक तथा राजनीतिक क्षेत्रमा ठूलो जागरण ल्याएको जिकिर गर्दै प्रचण्डले विश्वविद्यालयका संस्थापक मदनमोहन मालवीय नेपाल–भारतको मात्रै नभई विश्वकै लागि अनुकरणीय विद्धान रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्