नियम उल्लङ्घन गरेको आरोपमा गुगल र युट्युबबाट हटाइयो ट्रम्पका ३०० विज्ञापन



एजेन्सी : विज्ञापनको नियम उल्लङ्घन गरेको आरोपमा गुगल र युट्युबबाट अमेरिकी राष्ट्रपति ट्रम्पसम्बन्धी ३०० भन्दा बढी विज्ञापन हटाइएको छ ।

उक्त विज्ञापनमा धेरैजसो चुनावसम्बन्धी भिडियोहरु थिए । जुन लामो समयदेखि गुगल र युट्युबमा सक्रिय थिए । कम्पनीले उक्त विज्ञापन हटाउने फैसला २०२० हुने अमेरिकी राष्ट्रपतिको चुनावलाई मध्यनजर गर्दै गरेको हो ।

सामाजिक सञ्जालमा हुने राजनीतिक विज्ञापनहरु प्रविधि कम्पनीहरुका लागि चुनौतिपूर्ण बन्दै गएको छ । यसैबीच, ट्विटरले यस्ता समस्या समाधानको लागि राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाएको छ ।

सोमबार जारी भएको सीबीएस न्यूज रिपोर्टको अनुसार ट्रम्पका ३०० भन्दा बढी विज्ञापन हटाइएको छ । लामो समयदेखि युट्युब र गुगलमा सक्रिय विज्ञापनहरुमाथि नियम उल्लङ्घन गरेको आरोप लागेको छ ।

टिभीको तुलनामा सामाजिक सञ्जालमा आउने भिडियो तीव्र रुपमा फैलिने र त्यसले नकारात्मक प्रभाव फैलाउने गर्छ ।

यद्यपि, विज्ञापन हटाउनुको पछाडि कारण कुन विज्ञापनको नियम उल्लङ्घन गर्नु हो त्यसको बारेमा स्पष्ट जानकारी दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्