नेपाल प्रहरीको हाइटी मिसन बन्द हुने, किन भयो यस्तो निर्णय ?



काठमाडौं: नेपाल प्रहरीको हाइटीस्थित राष्टसंघीय शान्ति मिसन आगामी अप्रिलदेखि बन्द हुने भएको छ । हाल हाइटीमा खटिएको फम्र्ड पुलिस युनिट (एफपियू) को टोली नै अन्तिम हुने जानकारी राष्टसंघले नेपाललाई गराएको छ।

 

प्रहरीले बन्दोबस्तीका सामान फिर्ताको लागि तयारी समेत थालिसकेको छ। साथै हाइटी मिसनका लागि अघि वढाइएको नाम छनौट प्रक्रियासमेत रोकिएको छ।

 

हाल हाइटीको एफपियू मिसनमा १४० प्रहरी खटिएका छन्। हाइटीमा द्वन्द्व समाधानतर्फ उन्मुख भएकाले राष्टसंघले शान्ति सेनालाई कटौटी गर्दै लगेको खबर नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्