रक्सोल-काठमाडौँ रेलमार्गलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा जोड्ने तयारी



काठमाडौं: सरकारले रक्सोल–काठमाडौँ रेलमार्गको रुट परिवर्तन गरेको छ। बोडगेज रेलमार्गको सट्टा स्टयान्डर्ड विद्युतीय रेलमार्ग बनाउने भएको छ।

 

आइतबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री रघुवीर महासेठले यस्तो जानकारी दिएका हुन्।

 

हाल विकासको मल्टीमोडेल आवश्यक रहेको तथा यसका लागि रक्सोल–काठमाडौं रेलमार्ग, दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं–निजगढ द्रुतमार्ग जोड्न आवश्यक रहेको उनले बताए।

 

रेलमार्ग काठमाडौँको चोभारमा जोड्ने गरी अध्ययन भइरहेको उनले बताएको खबर आजको कारोबार दैनिकमा छ।

 

यसअघि रक्सोल–वीरगञ्ज हुँदै काठमाडौँ आउने तय भएकोमा अब जितपुरबाट प्रस्तावित निजगढ विमानस्थल हुँदै काठमाडौं आउनेगरी रेलमार्गको सम्भाव्यता अध्ययन अघि वढाइएको मन्त्री महासेठको भनाई थियो।

प्रतिक्रिया दिनुहोस्