‘गो ब्याक इन्डिया’ भन्दै विद्यार्थीहरूद्वारा प्रदर्शन



बुटवल : बुटवलमा सत्तारूढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतले नेपाली भूभाग राखेर नक्सा निकालेकोमा बिरोध जनाएका छन् । उनीहरुले नेपाली भूमि फिर्ता गर्न माग गर्दै बुटवलमा प्रदर्शन गरेका हुन ।

अनेरास्ववियुका विद्यार्थीहरूले ‘गो ब्याक इन्डिया, भारतीय विस्तारवाद मुर्दावाद, हाम्रो नेपाली भूमि फिर्ता गर, लिपुलेक कालापनी र लिम्पियाधुरा हाम्रो हो, मिचिएको हाम्रो भूमि फिर्ता गर’ जस्ता नारा लेखिएका पर्चा पम्पलेटसहित नाराबाजी गरी प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्