भारतबिरुद्द बुटवल क्याम्पसका विद्यार्थीद्वारा हस्ताक्षर अभियान



बुटवल : भारतले नेपाली भू–भाग राखेर नक्सा तयार गरेकोमा विद्यार्थीहरुले हस्ताक्षर अभियान चलाएका छन् । बुटबल बहुमुखी क्याम्पसका विद्यार्थीहरुको जुलुस क्याम्पसबाट सुरु भई ट्राफिचोकमा गएर कोणसभामा परिणत भएको थियो ।

उक्त कोणसभालाई सम्मवोधन गदै अनेरास्ववीयू रुपन्देहि जिल्ला कमिटि अध्यक्ष लेखनाथ खनालले नेपालको एक इन्च भूमि पनि भारतीय पक्षले मिच्न नपाइने भन्दै नेपालको भूमि तत्काल नेपाललाईनै फिर्ता गर्न आग्रह गर्दौ अन्यथा नेपालीहरु पनि अब चुप लागेर नबस्ने बताए ।

कार्यक्रममा अनेरास्ववीयू जिल्ला कमिटि सह सचिव शेषकान्त पोखेरलले आफ्नो पार्टी सरकारमा भए पनि यस्तो संवेदनशील विषयमा आफूहरूले सधै प्रतिपक्षको भूमिका निवार्ह गर्ने बताए । उनले भारतीय पक्षलाई आफनो नक्सा सच्याउन समेत माग गरे ।

सभामा बोल्दै अनेरास्ववियु जिल्ला कमिटि सदस्य नविन थापा सारु, अनेरास्वीयू जिल्ला कमिटी सदस्य तथा बुटबल बहुमुखी क्याम्पस कमिटि अध्यक्ष भरत अर्यालले भारतीय विस्तारवादको घोर निन्दा गर्दै अब यो प्रदशर्न यहीमात्र सीमित नभएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्ने र भारतीय विस्तारवादलाई घुँडा टेकाउने बताए । यस्तै उनीहरुले भारतीय हस्तक्षेपको बिरुद्द हस्ताक्षर अभियान पनि संचालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्