१३औँ साग: आज १६ खेल हुँदै



काठमाडौं : नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज (बुधबार) विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौं र पोखरामा गरी एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो–खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथलन, टेनिस, कबड्डी, ह्यान्डबल र उशुको प्रतिस्पर्धा हुनेछ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ ।

पुरुष फुटबलमा नेपालले आज दशरथ रंगशालामा साँझ ५ः०० बजे श्रीलंकासँग खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्