सरल कर्जाका लागि ४४७० युवाले  दिए १० लाख सम्म लिन आवेदन



काठमाडौं : सरकारले विदेशबाट फर्किएका युवालाई स्वरोजगार बनाउने उद्देश्यले आह्वान गरेको सरल कर्जाप्रति युवाको आकर्षण  बढेको छ । 

वैदेशिक रोजगारबाट फर्किएका युवाले स्वदेशमा रोजागर बन्न दश लाख रुयैयासम्म सरल कर्जा लिनसक्ने गरी प्रवर्द्धन बोर्डले गत मंसिर ६ गते आह्वान गरेको आवेदनप्रति युवाको आर्कषण बढेको हो । 

विदेशमा आर्जन गरेको सीप, ज्ञान र दक्षता प्रयोग गरेर स्वदेशमै स्वरोजगार बन्न चाहने युवाका लागि सरकारले दस लाख रुपैया सम्म सरलकर्जाका लागि सूचिकरणका लागि आह्वान गरेको हो । 

त्यस अनुसार पुस ज्ञछ गतेसम्म चार हजार ४७० युवाले उक्त कर्जाका लागि आवेदन दिएको बोर्ड सचिवालयले जनाएको छ । 

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले सरकारले वैदेशिक रोजगारीका क्रममा आर्जन गरेको ज्ञान, सीप र दक्षतालाई स्वदेश फर्की पेसा व्यवसाय तथा उद्यम गर्न इच्छुक युवालाई आर्थिक वर्ष २०७५/७६ मा दस लाख रुपैयासम्म सरल कर्जा प्रदान गर्ने गरी आवेदन मागेको जानकारी दिए ।  

उनका अनुसार सरल कर्जा पाप्त गर्न श्रम स्वीकृति लिई वा नलिई कुनै पनि देशमा कम्तीमा छ महिनासम्म सम्बन्धित तालिम  पेसा र व्यवसायको क्षेत्रमा काम गरी स्वदेश फर्किएको तीन वर्ष ननाघेको हुनुपर्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्