इस्मा गाउँपालिकाद्वारा बुधबार शोक बिदा



गुल्मी : मंगलबार बागलुङमा भएको जिप दुर्घटनामा १४ जनाले ज्यान गुमाएका कारण इस्मा गाउँपालिकाले आज (बुधबार) शोक बिदा दिने निर्णय गरेको छ ।

कुलपुजाको लागि हिँडेका इस्मा गाउँपालिका–४ र ५ वडाका १४ जनाको दुर्घटनामा ज्यान गएपछि गाउँपालिकाले एक दिन शोक बिदा गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए ।

बिष्टले तत्काल कार्यपालिकाको बैठक बसेर मृतक तथा घाइते परिवारको लागि पनि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताए ।

विद्यालयहरुमा सञ्चालन भइरहेको अर्धवार्षिक परीक्षा बुधबार स्थगित गरी प्रावि तहको मंसिर १९ गते, निमावि र मावि तहको मंसिर २० गते गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्