जब प्रधानमन्त्री ओलीले नर्सलाई सबै दिन्छु भने



काठमाडौ : प्रधानमन्त्रीकेपी शर्मा ओली अहिले महाराजगन्ज स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सल्पान्ट सेन्टरमा उपचार गराईरहेका छन् ।

उनी आफू विरामी हुँदा पनि अरुलाई हँसाउन छोडेका छैनन् । उनको ठट्यौली स्वभाव अस्पतालमा रहँदा पनि उस्तै रहेको छ । जसका कारण उपचारमा संलग्न चिकित्सकहरु कुनै झर्को नमानी प्रधानमन्त्रीको सेवामा लागेको देखिन्छ ।

अहिले यस्तै एक किस्सालाई यहाँ प्रस्तुत गरिएको छ । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न नर्सलाई ‘एक पाना कागज ल्याऊ म सबै दिन्छुु’ भनेपछि आईसियु कक्षको माहौल नै परिवर्तन भएको बताइन्छ ।

तर त्यहाँ हल्ला गर्न नमिले पनि त्यहाँ उपस्थित टोलीले हाँसो थाम्न नसकेको ती नर्सले बताईन । प्रधानमन्त्री ओलीले त्येसबेला आफूलाई हेरचाह गरिरहेकी नर्ससँग एकपाना कागका साथै डटपेन मागेका थिए । उत्तरमा नर्सले भनिन् –‘किन चाहियो तपाईले लेख्न सक्नुहुन्न र मिल्दैन ?’ ।

नर्सको यस्तो जबाफ पाएपछि प्रधानमन्त्री ओलीले थपे– ‘म देशको प्रधानमन्त्री हुँ । मैले भनेपछि यति गर, तिमीलाई जे चाहियो म सबै लेखेर दिन्छु, पाउँछ्यौ । तर यी तान्द्राङ तुन्द्रङ सबै निकालीदेउ त अनि मलाई विदा देऊ ।’ प्रधानमन्त्री ओलीले यति भनेपछि उपचारमा संलग्न नर्स हाँसिन ।

त्यस्तै डाक्टरको टोली आएर हजुरलाई कस्तो छ भनेर सोधेछन् । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले मलाई कस्तो पनि छैन, टुडिखेल गएर फुटबल खेलौ खेलौ जस्तो भईरहेको छ भन्दा त्यहाँ सबै मज्जाले हाँसे ।

उपचारमा संलग्न ती नर्सका अनुसार उपचाररत प्रधानमन्त्री ओली चिकित्सकहरुको टोली आउँदा पनि ठट्यौली शैलीमा प्रस्तुत हुँदा माहौल नै फरक हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्