२० र २१ गते वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध



काठमाडौं : महानगरीय ट्राफिक महासाखाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै आगामी २० र २१ गते सर्भिस लेन प्रयोग गर्न अनुरोध गरेको छ ।

बुधबार सूचना जारी गर्दै महाशाखाले आगामी २० र २१ गते (शुक्रबार÷शनिबार) हुने साइक्लिङ रेस च्याम्पियनसीप पर्ने भएकाले दुई स्थानमा सवारी आवागमनलाई चुस्तदुरुस्त बनाउन वैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरेको हो ।

महाशाखाले अनुसार २० गते शुक्रबार कलंकीदेखि कोटेश्वर सडक खण्डमा उक्त खेल हुने हुँदा सर्भिस लेन प्रयोग गर्न अनुरोध गरेको छ । भने २१ गते शनिबार कलंकीदेखि सुर्यविनायक सडक खण्डमा उक्त खेल हुने हुँदा कंलकीदेखि कोटेश्वर सडक खण्ड प्रयोग गर्नेले सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडिबुटी, पेप्सीकोला, पुरानो ठिमी, ब्याँसी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्