विद्यालय बन्द गरी विहेभोज



तनहुँ : तनहुँको भानु नगरपालिकास्थित एक विद्यालय विहेभोज खानका लागि बन्द गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षको छोराको विहेभोज खानका लागि विद्यालय बन्द गरिएको हो । भानु नगरपालिका –४ चुँदी रम्घावेशीमा रहेको भानु संस्कृत माध्यमिक विद्यालय गत आइतबार विहेभोज खानका लागि बन्द गरियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी आचार्य र शिक्षिका गीता देवी आचार्यको छोरोको विहे गत शनिबार थियो । प्रितिभोज आइतबार आयोजना गरिएको थियो । तर, कुनै सार्वजनिक विदा वा व्यवस्थापन समितिको बैठक नै नगरी विहेभोज खानकै लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक सूर्य मिश्रले बताए ।

विद्यालय बन्द गरिपछि शिक्षक शिक्षिका विहेभोजमा गएपछि स्थानीयहरु दंङ्ग परेका छन् । विद्यालय बन्द गरेर शिक्षक शिक्षिका भोज खादै नाचगान गरेका थिए । विद्यालयमा दुई सय १८ विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्