टाइटल नाममा चर्चा कमाएका बलिउडका चर्चित नायकहरु



काठमाडौं : जन्मदा एउटा नाम हुनु र हुर्किएर कर्मथलोमा छाइसकेपछि अर्को नाम हुनु कुनै नौलो कुरा होइन । तर आफ्नो करियरले उचाइ छुँदा नाम र परिचय परिवर्तन गर्ने कलाकार धेरै छन् । नेपालीदेखि बलिउडसम्म धेरैले नाम परिवर्तन गरेर चर्चा कमाएका पनि छन् । एकपछि अर्को सफलता हात पारेका पनि छन् ।

बलिउडमा आउनुपूर्व धेरै बलिउड कलाकारहरुको नाम अर्कै थियो । बलिउडमा आएपछि भने उनीहरुले नाम फेरेका हुन् । सेलिब्रेटीको नाम नै चर्चामा रहने भएपनि केही चर्चित कलाकारले आफ्नो असली नामलाई कला क्षेत्रमा प्रयोग गरेनन् ।

उपनामबाटै चर्चामा आएका धेरै बलिउड सेलिब्रेटी त्यही नामले चिनिएका छन् ।बलिउडमा आफ्नो वर्चश्व कायम राख्न सफल भएका कलाकारमध्ये धरैको उपनाम नै छ । नाम परिवर्तनको तरिका र प्रक्रिया पनि एकनासको छैन । कसैले पूरै नाम बदलेका छन् भने कसैकसैले उपसर्ग र प्रत्यय मात्र फेरेर पनि नयाँ बनाएका छन् ।

बलिउडमा आफ्नो वर्चश्व कायम राख्न सफल भएका कलाकारमध्ये धरैको उपनाम नै छ । नाम परिवर्तनको तरिका र प्रक्रिया पनि एकनासको छैन । कसैले पूरै नाम बदलेका छन् भने कसैकसैले उपसर्ग र प्रत्यय मात्र फेरेर पनि नयाँ बनाएका छन् ।

सलमान खान

सलमान खान भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता हुन् । हजारौं फ्यान र फलोअर्स भएका सलमान देश, विदेशमा सलमान वा सल्लुको नामले परिचित छन् । तर उनको साँचो नाम अब्बदुल रसिद सलिम सलमान खान हो । तर उनले बलिउडको सुरुआती दिनदेखि सो नाम बाहिर ल्याएनन् ।

अक्षय कुमार

बलिउडका स्टार अभिनेता हुन् अक्षय कुमार । अक्षय कुमारको असली नाम राजीव हरिओम भाटिया हो । बलिउडमा आउनुभन्दा पहिले उनले आफ्नो नाम बदलेका हुन् । अक्षय कुमार तेक्वान्दोमा ब्ल्याक बेल्ट हुन् । सानैदेखि उनको रुची मार्शल आर्टमा रहेको थियो । उनले अभिनय गरेका अधिकांश फिल्महरु हिट रहेका छन् । तर, उनले यो उचाइमा आइपुग्न ठूलो संघर्ष गरेका थिए । प्रायः फिल्ममा उनी स्टन्ट दृश्यहरु आफैँ गर्न रुचाउने गर्दछन् । त्यसैले पनि उनलाई खेलाडी कुमारका नामले चिनिन्छ ।

आमिर खान

बलिउडका ‘मिस्टर पर्फेक्टनिस्ट’ आमिर खानको असली नाम मोहम्मद आमिर हुसैन खान हो । तर उनले आफ्नो नाममा अमिर मात्रै राखे । त्यही नामले उनको पहिचान बन्यो ।

जोन अब्राहम

शानदार शरीरका कारण आफ्नो प्रशंसकको मनमा बस्न सफल भएका जोनको सक्कली नाम फरहान हो । तर उनलाई फरहान नामबाट आफूलाई प्रशंसकले चिन्ह गाह्रो हुने देखेपछि नाम परिवर्तन गरेर जोन अब्राहम बनाएका हन् । उनलाई उनको उक्त नाम उनकै पिताले दिएका थिए ।

अजय देवगण

कमेडी तथा द्वन्द्वका भूमिकामा आफूलाई निकै सफल साबित गर्न सफल भएका नायक अजय देवगणको वास्तविक नाम अजय देवगण नभई विशाल देवगण हो । उनका पिता वीरू देवगणले उनको नाम विशाल देवगण राखेका थिए । तर, चलचित्रमा पहिचान बनाउनका लागि उनले नाम परिवर्तन गरेर अजय राखे र बलिउडमा दुनियाँमा आफ्नो पहिचान बनाउन सफल पनि भए ।

गोविन्दा

कमेडी चलचित्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका गोविन्दाले अहिलेसम्म आफ्नो पूरै नाम प्रयोग गरेका छैनन् । उनलाई सबैले गोविन्दाकै नामबाट चिन्ने गर्छन् । उनको पूरा नाम पनि धेरैलाई थाहा छैन । उनको पूरा नाम गोविन्द अरूण आहुजा हो ।

रणवीर सिंह

रणवीर सिंह एकदमै प्रतिभाशाली अभिनेता हुन् । युवा अभिनेता रणवीर सिंहको पनि बलिउड बाहिरको नाम जोभियल रणवीर भावनानी हो ।

शाहिद कपूर

शाहिद कपूर भारतीय चलचित्र क्षेत्रका एक प्रसिद्ध अभिनेता हुन् । उनको बलिउड बाहिरको नाम शाहिद खतार हो ।

शाहिद कपूरले पनि आफ्नो नामबाट खत्तर थर हटाएका हुन् । शाजिद अलि खान सैफ अलि खान बने । विजय सिंह देवल बबी देवल र अजय सिंह देवल सन्नी देवल बने ।

अमिताभ बच्चन

अमिताभलाई बलिउडका महानायकका रूपमा चिनिन्छ । उनको वास्तविक नाम भने अमिताभ श्रीवास्तव हो । उनका स्वर्गीय पिता हरिवंश राय बच्चनले बीग बीको पहिलो चलचित्र ‘सात हिन्दुस्तानी’को ठीक अगाडि उनको थरको श्रीवास्तव हटाएर बच्चन राखिदिएका थिए । त्यसबेला देखि नै उनको थर बच्चन हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्