कर्मचारी आन्दोलनले सार्वजनिक सेवा प्रभावित



काठमाडौं : निजामती कर्मचारी आन्दोलनबाट विगत केही दिन यता सार्वजनिक सेवा अत्यधिक प्रभावित भएको छ, जसबाट जनताले ठूलो सास्ती भोग्नु परेको छ । कर्मचारी आन्दोलने अत्यावश्यकीय सेवामा समेत प्रभावित भएको छ । 

आन्दोलन शुरू भए यता अधिकांश कर्मचारीहरू कार्यालय समयमा कार्यालयमा नजाने, गए पनि केही बेर कार्यालयमा बसी विरोध र छलफलका कार्यक्रमहरूमा व्यस्त हुने प्रवित्ति बढेको छ ।

नागरिकलाई अत्यवश्यकीय सेवा प्रदान गर्ने कार्यालयका कर्मचारीहरू समेत केही समय यता काम छाडेर आन्दोलनमा गएका छन् । गत पुस ६मा आधिकारिक ट्रेड युनियन र विभिन्न पार्टी निकट ४ कर्मचारी संगठनहरूले संयुक्त पत्रकार सम्मेलन गरी सरकारलाई सात दिने अल्टिमेट दिए पछि सरकारी सेवा झनै प्रभावित भएको छ । 

सो दिन कर्मचारीहरूले सिंहदरबारमै आन्दोलन गरेका थिए । उनीहरूले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय अगाडि केहीबेर नारावाजी गरेका थिए । 

कर्मचारीहरूको आन्दोलन रोक्न सरकारले दिनहुँजसो सिंहदरबार परिसर भित्र ठूलो संख्यामा प्रहरी खटाउने गरेको छ । शाखगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय परिसरमा प्रहरीलाई विहान दश वजे देखि नै खटाइने गरिएको छ ।

सिंहदरबार बाहिर कार्यालयका कर्मचारीहरू पनि कार्यालय छाडेर दिनभरजसो सिंहरदरवार आउने र सिंहदरबारमै छलफल, भेटघाट र कुराकानीमा व्यस्त हुने गरेका छन् । जसबाट स्वास्थ्य सेवा, श्रम र यातायता कार्यालय जस्ता कार्यालय बढी प्रभावित भएका छन् । 

त्यहाँ सेवा ग्राहीका साना साना काम पनि हुने गरेका छैनन् । उपझोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाँले कर्मचारी आन्दोलनबाट सार्वजनिक सेवा अत्यधिक प्रभावित भएको भन्दै यसबाट नागरिकमाथि अपराध भएको बताए । 

उनले भने, ‘यो भनेको नागरिकमाथि अपराध हो । यसलाई तुरून्त रोक्नु पर्छ ।’ कर्मचारी आन्दोलने अत्याबश्यकी सेवा समेत प्रभावित भएको गुनासो आउने गरेको गदै उनले भने, ‘ अहिले सबै ठाउँमा कर्मचारी आन्दोलनबाट सेवा प्रभावित भएको छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्