तीन दर्जन राजदूतहरुलाई भ्रमण वर्षमा सघाउन पर्यटन मन्त्रीको आग्रह



काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालस्थित झण्डै तीन दर्जन राजदूतहरुलाई भेला गराएर नेपाल भ्रमण वर्ष २०२० ’bout जानकारी गराएको छ ।

उपस्थित राजदूतहरुलाई नेपाल भ्रमण वर्ष २०२० संयोजक सुरज वैद्यले नेपाल भ्रमण वर्ष मनाउन किन आवश्यक छ भन्ने कुराहरु स्पष्ट पारेका थिए । उनले नेपालको विशेषताहरु’bout छोटो प्रस्तुती पनि देखाएका थिए । उनको प्रस्तुतीमा नेपालको धार्मिक विविधता, पर्यटकीय दृष्य, जिउँदो देवीदेखि खानपिनको मज्जा लिन सकिने झझल्को थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राजदूतहरुलाई सम्बोधन गर्दै भने , ‘तपाईहरुले गर्दै आउनु भएको सहयोग भूल्ने छैनौं । र, आउदा दिनमा पनि तपाईहरुबाट सहयोगको अपेक्षा गर्दछौं ।’

भूकम्पबाट भर्खरै तैरिएको हाम्रो देश विकासकालागि वार्षिक ३५ लाख पर्यटक भित्र्याउन आवश्यक भएको बताउदै पर्यटन मन्त्री भट्टराईले राजदूतहरुलाई आउन लागेको क्रिशमस र नयाँ बर्ष नेपालमै मनाउन अनुरोध समेत गरे । नेपालले सन् २०२० लाई मात्रै पर्यटन वर्ष मनाउन लागेको होइन्, दशकलाई नै पर्यटन वर्षको रुपमा मनाउन लागेको समेत पर्यटन मन्त्रीले जानकारी दिए ।

भूकम्पले नष्ट गरेको ८९१ भौतिक संरचनाहरुमध्ये ३८७ वटा निर्माण सम्पन्न भईसकेको जानकारी दिँदै उनले बाँकी संरचना निर्माण भईरहेको जानकारी दिए ।

पर्यटन मन्त्री भट्टराईले नेपालमा रोजगारीको अवसर सृजना गर्नकालागि पनि पर्यटन क्षेत्रमा लगानी भित्र्याउन आवश्यक भएको समेत उनले जानकारी दिए ।

चाँडै सुरु हुन लागेको गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उठान गर्न चाहने विदेशी विमान कम्पनीलाई अनुरोध गरिदिन समेत राजदूतहरुलाई अनुरोध गरे। उनले भने, ‘कसैले यस विमानस्थलमा उडान गर्न चाहन्छन् भने हामी सुविधा सहितको प्याकेज दिनेछौं ।’

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारवहादुर अधिकारीले पर्यटन क्षेत्रमा भएको नेपालको गतिविधि’ bout राजदूतहरुलाई जानकारी गराएका थिए ।
उनले नीजगढ तथा पोखरा विमानस्थल पनि चाँडै सम्पन्न हुने जानकारी समेत दिए ।

विभिन्न देशका राजदूतहरुले सामाजिक सञ्जालमा मात्रै नभएर आफ्नो देशका ट्राभल्स एजेन्सी मार्फत पनि नेपाल भ्रमण गर्न आग्रह गरिरहेको जानकारी गराएका थिए । अधिकांस राजदूतहरुले नेपाल भ्रमण वर्ष सफल पार्न आफ्नो देशका नागरिकहरुलाई जानकारी दिने प्रतिवद्धता समेत गरेका थिए ।

जर्मनी राजदूत रोलण्ड राफरले जर्मनमा हुन लागेको अन्तराष्ट्रिय पर्यटन महोत्सवमा नेपाललाई समेत भाग लिन अनुरोध गरे ।

अमेरिकन राजदूत रेन्डी बेरीले नेपालले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सक्दो सहयोग गर्ने बताए । नेपालले यस अवसरमा गर्ने विभिन्न कार्यक्रमहरु’bout जानकारी भएमा अझै सजिलो हुने पनि उनले बताए ।

जापानी राजदूत मासामिची साइगोले तीन साता अघि नै कार्यक्रम’bout जानकारी भए हामी पनि सहभागी हुने बताए ।

इयूकी प्रतिनिधि भेरोनिका कोडीले नेपालको ’boutमा निर्माण गरेको भिडियो सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार गर्ने तयारी गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्