प्रधानमन्त्री ओलीलाई भोली डिस्चार्ज गर्ने तयारी



काठमाडौं : मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोली शुक्रबार डिस्चार्ज गर्ने तयारी थालिएको छ । प्रधानमन्त्री ओलीको नौ दिनअघि एपेन्डिसाइटिसको शल्यक्रिया पछि अस्पतालमै राखेर उपचार गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीको शल्यक्रि गरेको घाउ निको हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । चिकित्सकहरुले अझै एक हप्ता अस्पतालमै राखेर उपचार गराउनको लागि सुझाईरहेका छन् । तर प्रधानमन्त्री ओलीले चाडै अस्पतालबाट डिस्चार्ज हुन पाए हुन्त्थो झै गरेका छन् ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले प्रधानमन्त्री ओलीलाई अझै एक हप्ता अस्पतालमै राखेर उपचार गर्ने बताईरहँदा प्रधानमन्त्रीको जोडबलमा डिस्चार्जको तयारी भईरहेको अस्पतालले जनाएको छ ।

।अस्पतालले विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताईरहेको छ । अस्पतालका अनुसार प्रधानमन्त्री ओलीको पेटको घाउ सुक्खा हुँदै सामान्य रूपमा हिँड्न सक्ने भएका छन् । प्रधानमन्त्री ओलीको ओलीको पेटमा संक्रमण भएको र विरामीलाई आरामको जरुरत पर्ने हुँदा अस्पतालमै राखेर आराम गर्न चिकित्सकहरुले सुझाईरहेका छन् ।

प्रा.डा. अरुण सायमीले प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरेर प्रधानमन्त्री निवास बालुवाटारमा पठाएपछि आराम गर्न नपाउने हुँदा अस्पतालमै राखेर आराम गराउन जोड गरेका छन् । तर प्रधानमन्त्री ओलीले अब घाउ निको हुँदै गएकोले आफू अस्पतालबाट डिस्चार्ज हुन चाहिरहेका छन् । सचिवालयले पनि धेरै समय अस्पतालमा राख्दा धेरै नै बिरामी भएको सन्देश जाने भएकाले डिस्चार्ज गर्ने तयारी गरेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्