बुद्ध एयरको विमानमा जंगली बँदेल ठोक्किएपछि…


नेपालगञ्ज : नेपालगञ्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौंबाट नेपालगञ्ज ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो । जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगञ्ज प्रमुख विनित शाहले बताए ।

जहाजमा ठोक्किएको बँदेलको मृत्यु भएको छ । जहाज र यात्रुलाई कुनै क्षति नभएको शाहले जानकारी दिए । मंगलबार साँझ ६ः२५ बजे बुद्ध एयरको जहाज नेपालगञ्जमा ल्यान्ड हुँदै थियो । त्यही बेलामा नजिकको झाडीबाट बँदेल दौडेर रनवेतिर आएपछि जहाजको पछाडिको चक्कामा ठोकिएको थियो ।

नेपालगञ्ज विमानस्थलको आसपासमा झाडी बढेको छ। धावन मार्ग छेउमा रहेका झाडीबाट बेलाबेलामा बँदेल, दुम्सी र स्याल देखिने गरेका छन् । यसले विमानस्थलमा सुरक्षा चुनौती थपिएको छ। यसअघि धेरै पटक विमानस्थल ल्यान्ड गर्ने क्रममा जंगली जनावर रनवे आसपासमा देखिँदा केहीबेर जहाजलाई आकाशमै उडाई सुरक्षाकर्मीले जंगली जनावरलाई लखेट्ने गरेका थिए।

विमानस्थलको धावन मार्गमा ओभर–ले (पिचमाथि कालोपत्रको तह थप्ने), आसपासको झाडी सफा गर्ने र नाली निर्माण गर्ने ठेक्का पप्पु लुम्बिनी एपेक्स जेभीले ठेक्का लिए पनि काम नगर्दा विमानस्थलमा जंगली जनावरले सुरक्षा चुनौती बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा काम गर्ने १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि

विराटनगर : मोरङको रङ्गेली नगरपालिकाका एकै परिवारका १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

काठमाडौं : श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आज (मंगलबार) देखि आठ

विराटनगर : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५

काठमाडौं : लकडाउन खुकुलो भएसँगै कोरोनाको संक्रमण बढेको छ । साउन १९ गतेसम्मको तथ्यांक अनुसार

विराटनगरः बिराटनगरमा अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सकिएको छ । शनिबार सगरमाथा पार्टी प्यालेस

काठमाडौ‌‌ : आज (सोमबार) थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ

काठमाडौंः ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फस्र्यौटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष

काठमाडौँ : संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको

काठमाडौं : ‘एसिड आक्रमणबाट म रतिभर पनि डराएकी छैन, आक्रमणकारीले मेरो अनुहार जलाए तर मेरो

वीरगञ्ज : सेना, प्रहरी र पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएर वेपत्ता भएका ८ जनामध्ये ६ जनाको शव भेटिएको